चार लेन सडक निर्माणको कार्य सुरु
सोमबार, १३ वैशाख २०७३, ११ : ४४
कञ्चनपुर - कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको ट्राफिक चौराहदेखि शिव मन्दिरसम्म चार लेन सडक निर्माणको कार्य सुरु गरिएको छ ।
ठेक्का प्रक्रियाद्वारा निर्माण भइरहेको सडकमा पहिलो चरणमा माटो भरान र ग्राभेलिङको कार्य भइरहेको छ । सो कार्यका लागि रु ४७ लाख बजेट छुटयाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर किरण सुवेदीले बताए ।
सडक डिभिजन कार्यालयको निगरानीमा निर्माण भइरहेको सडक एक हजार ४०० मिटर लम्बाइ र छ मिटर चौडाइको रहेको छ ।
दोस्रो चरणमा निर्माण भइरहेको सडक कालोपत्रेको कार्य हुने छ । व्यस्त रहने सडक चार लेनको निर्माण भएपछि ट्राफिक समस्या समाधान भै सर्वसाधारणले सहजरुपमा आवतजावत गर्ने पाउने छन् ।
सडक छेउ छाउका विद्युत्, टेलिफोनका खम्बा र खोका छाप्रा हटाउने कार्य चुनौतीका रुपमा रहेको उनको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण