वसन्तपुरका सांस्कृतिक सम्पदा पुनः निर्माण सुरु
काठमाडौँ - गत वर्ष वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटक–पटकको परकम्पले क्षतिग्रस्त वसन्तपुरस्थित सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरु भएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आयोजित कार्यक्रममा वंशगोपाल मन्दिर पुनःनिर्माणको शुभारम्भ गर्नु भई वसन्तपुरका धार्मिक, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदा बनाउने अभियान सुरु गरेका हुन् ।
पुनःनिर्माणको शुभारम्भ गर्नुहुँदै नेता पौडेलले भूकम्पबाट क्षतिग्रस्त सम्पदा एवम् जनताको घर निर्माण गर्न सरकारले तदारुकता दिन नसकेको बताउनुभयो । “सरकारले पुनःनिर्माण सुरु गर्न ढिलाइ गर्दा दाताले दिएको अनुदान फिर्ता जाने खतरा बढेको छ, एक वर्षसम्म सरकारले पुनःनिर्माणको काम अघि बढाउन सकेन, यसबाट सबैमा निराशा छाएको छ”–उनले भने ।
सञ्चारकर्मीसँग कुरा गर्दै सांसद नवीन्द्रराज जोशीले पुनःनिर्माण सुरु गरिएका सांस्कृतिक सम्पदाको मौलिकता नबिगारी बनाइनुपर्ने माग गरे । “पुरातात्विकस्थल निर्माणमा प्रयोग हुने काठ ठेकेदारले ल्याएमा राम्रो नआउन सक्छ, सरकारले नै ल्याएर दिएमा मात्र पुरानै स्वरुपमा सम्पदाको पुनःनिर्माण हुनसक्छ”–उनले भने ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सांस्कृतिक सम्पदाको पुनःनिर्माण पुरानै स्वरुपमा गरिने प्रतिबद्धता जनाए ।
भूकम्पमा पूर्ण क्षति भएका १०४ सम्पदामध्ये ४९ सम्पदा पुनःनिर्माणका लागि ठेक्का गरी आजबाट काम सुरु गरिएको पुरातत्व विभागले जनाएको छ ।
आज सोमबार वसन्तपुरको वंशागोपाल मन्दिरसँगै स्वयम्भूको अनन्तपुर, पाटन दरबार क्षेत्रस्थित मणिमण्डप र भक्तपुरस्थित फसीवेग एवम् लायकू दरबारको ढोका पुनःनिर्माणको शुभारम्भ गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण