शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लोकप्रिय गीतकारको जीवन्त अभिनय (भिडियोसहित)

सोमबार, १३ वैशाख २०७३, १२ : ४९
सोमबार, १३ वैशाख २०७३

१२ बैशाख, ०७२ मा महाभूकम्प जाँदा नेपाली सिनेमा हलमा चलचित्र ‘रेशम फिलिली’ लागिरहेको थियो । अघिल्लो दिन हलमा ‘रिलिज’ भएपनि सिनेमा केही महिनाअघिबाटै चर्चित भइसकेको थियो ।

त्यसको एउटै कारण थियो गीत । चलचित्रको ‘पारि त्यो डाँडामा...’ बोलको गीतले बजार पिटिसकेको थियो । युट्युबमा कभर दर्जनौंको संख्यामा कभर भिडियो अपलोड र हिट भएका थिए । सार्वजनिक यातायातदेखि कार्यक्रमसम्म, स्कुले केटाकेटीदेखि युवायुवतीसम्मको मुखमा झुण्डिएको थियो । त्यसैले हलमा सिनेमा लागेकै दिनदेखि दर्शकको धुइरो थियो । शनिबारका दिन त यसै पनि हुने दर्शकको चाप बढ्ने नै भयो । तर भूकम्प आयो र सिनेमा हेर्न चाहने दर्शक भूकम्पको त्रासले आहत भए । तर भूकम्पकै त्रासबीच पनि सिनेमाको गीतको ‘क्रेज’ भने घटेन । अहिले पनि त उस्तै क्रेज छ । त्यो गीतको गीतकार थिए मानसराज । बरु, उनको चर्चा भने कम भयो । तर आगो बल्नु र धुवाँ नचल्नु यस्तो सम्भव छैन । उनको पनि चर्चा चुलिँदै छ । त्यसो त उनी गीतकारमात्रै होइनन्, जीवन्त अभिनय गर्ने कलाकार हुन् । रंगमञ्चका दर्शकलाई यो कुरा पहिले नै थाहा छ । तर उनका नाटक हेर्न नपाएका दर्शकलाई खुशीको कुरा छ, उनको अभिनय क्षमता गीतको भिडियोमा हेर्न सकिन्छ । सनुप पौडेलको श्वर रहेको मनिष वशिष्ठको गीतमा उनले अभिनय गरेका छन् । कल्याण सिंहको संगीत रहेको गीतलाई ‘प्रतिष्पर्धा’ शीर्षक दिइएको छ । अनुश्रुती अधिकारीको निर्देशन रहेको भिडियोमा उनी चित्रकारको भूमिकाम देखिएका छन् । जहाँ उनको जीवन्त अभिनय देखिन्छ । मनिषले आफ्नै आत्मसमीक्षा गरिरहेको व्यक्तिको भावना गीतमा उतारेका छन् । सम्बन्ध, परिवार र दुनियाँसँग आफूले गरेको व्यवहार समीक्षा गरिरहेको पात्रले गीतमार्फत भन्छ– ‘म आफैंसँग अब प्रतिष्पर्धा गर्दैछु म आफैंसँग हार्दा एकछिन रूँदैछु आफैंलाई नचिनेर कतिपल्ट बोल्दिनँ आफ्नै कुरा धेरैपल्ट म आफैं सुन्दिनँ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप