शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अपाङ्ग गायकको ‘अभागीको कर्म’

सोमबार, १३ वैशाख २०७३, १३ : ११
सोमबार, १३ वैशाख २०७३
काठमाडौं– शारीरिक रुपले अशक्त रहेर पनि गायन क्षेत्रबाट नथाकेका व्यक्ति हुन् निलमणी भण्डारी । भोजपुरको उत्तरी दिङ्लाको एउटा किसान परिवारमा जन्मेका भण्डारी पुर्णत शारिरिक रुपमा अशक्त छन् । अशक्त भएपनि सानै देखि कला र गलामा अब्बल देखिएका उनले अपाङ्गताकै कारण चाहेजति अध्ययन गर्न पाएनन् ।तर गायनलाई भने कहिल्यै छाड्न सकेनन् । भण्डारीले अहिलेसम्म कुइरो लाग्यो बादल लाग्यो, नछर एदृष्टी , कुर्ले ढुकुर कुर, चारतिरै वास्ना छरेर जस्ता एक दर्जन लोक गिति एल्बम दर्शक माझ ल्याइसकेका छन् । पछिल्लो समय दर्शकमाझ नदेखिएका उनले फेरि “अभागीको कर्म” नामक लोक दोहोरी गिति एल्बम बजारमा ल्याएका छन् । उक्त एल्बममा समसामयिक घटनाक्रम र अपाङ्गता सम्बन्धी विषयहरु समेटिएका छन् । उनले समसामयिक घटनाक्रम र अपाङ्गता सम्बन्धी विषयहरु समेटिएको गीत दर्शक तथा स्रोताले मन पराउने विस्वास समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप