शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फोटोजर्नालिस्ट क्लबद्धारा बरिष्ठ फोटोपत्रकारलाई सम्मान

सोमबार, १३ वैशाख २०७३, १७ : ४९
सोमबार, १३ वैशाख २०७३

काठमाडौं–गोरखापत्रमा पहिलोपटक फोटो प्रकाशित भएको दिन अर्थात फोटोपत्रकार दिबसको अबसरमा फोटोजर्नालिस्ट क्लब, नेपालले बरिष्ठ फोटोपत्रकार बिनोद जोशीलाई सम्मान गरेको छ । यसै अबसरमा फोटोपत्रकार क्लब नेपालले “नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट ” फोटो बुकको पनि बिमोचन गरेको छ । सम्मानित बरिष्ठ फोटोपत्रकार जोशीलाई सूचना तथा संचार मन्त्री शेरधन राइले सम्मान गरेका हुन् । फोटोजर्नालिस्ट क्लबको आयोजनामा सोमबार राजधानीमा आयोजित कार्यक्रममा २०६९ सालको फोटोप्रतियोगितामा समाबेश १ सय ५० फोटोहरुको संगालो पुस्तक बिमोचन गरिएको क्लबका सदस्य अशोक दुलालले जानकारी दिए । फोटो बुकको बिमोचन सूचना तथा संचार मन्त्री शेरधन राई, फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतो, नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र बिष्ट, आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल, इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आइएमएस)का मार्केटिङ प्रमुख आयुष श्रेष्ठ, आइएमइका कार्यकारी निर्देशक सुमन पोखरेल, सम्मानित फोटोपत्रकार बिनोद जोशी, ०६९ सालमा फोटो अफ द एअर बनेका शैलेन्द्र खरेल, सूचना तथा संचार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेल र फोटोपत्रकार क्लब नेपालका अध्यक्ष बिकास कार्कीले संयुक्तरुपमा गरेका थिए । मन्त्री राइले फोटोपत्रकारहरुले झेल्नुपरेका धेरै समस्याहरुका बारेमा आफू जानकार रहेको र यसका लागि सरकार क्लबसँग मिलेर समस्या समाधानका लागि अगाडी बढ्न तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप