शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संसद् बैठक चाँडो बोलाउन सिंहको माग

मङ्गलबार, १४ वैशाख २०७३, १२ : ४०
मङ्गलबार, १४ वैशाख २०७३

काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारलाई संसद् बैठक चाँडो बोलाउन आग्रह गरेका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतको रकमबाट निर्माण भएको विजयस्मारक उमाविको मल्टिमिडिया सभा कक्षको आज उद्घाटन गर्दै नेता सिंहले भूकम्पको पुनःनिर्माण, संविधान कार्यान्वयन लगायत गम्भीर कुरालाई संसद्मा छलफल गर्नुपर्छ, यसका लागि संसद् बैठक चाँडो बोलाउनु पर्ने बताए । सांसद सिंहले आफ्नो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयका पूर्वाधार विकास र शैक्षिक उन्नतिका लागि निर्वाचन क्षेत्र विकासलाई प्राप्त हुने सबै रकम विभिन्न विद्यालयलाई प्रदान गर्दै आएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप