शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कृषि विकास बैंकद्वारा १५ प्रतिशत वोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर दिने निर्णय

मङ्गलबार, १४ वैशाख २०७३, १४ : ००
मङ्गलबार, १४ वैशाख २०७३

काठमाडौं–कृषि विकास बैंकले आर्थिक बर्ष २०७१–७२ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई १५ प्रतिशत वोनस शेयर दिने भएको छ । नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।

साथै वोनस शेयर पश्चात कायम हुने साधारण चुक्ता पूँजीमा २ ः १ (५०) प्रतिशतले हुने हकप्रद शेयर जारी गर्ने निर्णय भएको छ । आज बैंकको नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७१र७२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी उक्त वोनस शेयर र नगद लाभांश दिने तथा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । यो निर्णयबाट करिव २ लाख शेयरधनीहरु लाभान्वित हुने भएका छन् । बैंक सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७१र७२ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु (पूरक समेत) र चालु आर्थिक वर्ष २०७१र७२ को फागुन मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप