शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलको भिआइपी कक्षको ढोकामै करेन्ट !

मङ्गलबार, १४ वैशाख २०७३, १४ : ०८
मङ्गलबार, १४ वैशाख २०७३

काठमाडौं – त्रिभुवन विमानस्थलको आन्तरिक उडान अन्तरगतको भिआइपी कक्षको ढोकामा नै करेन्ट लाग्ने गरेको भेटिएको छ । अतिविशिष्ट व्यक्तिहरु बस्ने कक्षकै ढोकामा करेन्ट लिक भए पनि त्यसलाई लामो समयदेखि विमानस्थलका अधिकारीहरुले वेवास्ता गर्दै आएको पनि खुलासा भएको हो । मंगलबार बिहान सिचाईं मन्त्री उमेश यादव एक कार्यक्रमका लागि जनकपुर जाँदै थिए । प्रस्थानअघि उनी डोमेस्टिक टर्मिनल अन्तरगतको भिआइपी कक्षमा बसेका थिए । त्यहाँ पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल पनि उपस्थित थिए । त्यही बेला ढोका खोल्न आएका कर्मचारीहरुलाई करेन्ट लागेको थियो । मन्त्रीको जिज्ञासामा उक्त ढोकामा धेरै अगाडिदेखि नै करेन्ट लाग्दै आएको कर्मचारीहरुले बताएका थिए । यसरी ढोकैमा करेन्ट लाग्दा ठूलै दुर्घटना हुनसक्ने भएपनि त्यसलाई लामो समय बित्दा समेत मर्मतसंहार नगरिएको पाइयो । ‘करेन्ट हाईभोल्टेजको नभएपनि लामो समयदेखि ढोकामा करेन्ट प्रवाह हुने पाइएको रहेछ । तैपनि समस्या समाधान गरिएको थिएन,’ मन्त्री यादवका प्रेस सल्लाहकार सुरेशकुमार यादवले रातोपाटीसँग भने । यस विषयमा त्यहाँ उपस्थित कर्मचारीलाई आवश्यक निर्देशन दिइएको उनले बताए । यता, विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईंले पनि समस्या पहिचान भएकाले त्यसलाई तुरुन्तै समाधान गर्ने रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप