शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नीजि अस्पताल धाउने डाक्टर पक्राउ

मङ्गलबार, १४ वैशाख २०७३, १४ : १४
मङ्गलबार, १४ वैशाख २०७३

चितवन–कार्यालय समयभित्र निजि अस्पताल धाउने क्यान्सर अस्पतालका एक डाक्टर र एक कर्मचारीलाई चितवन प्रहरीले प्रक्राउ गरेको छ । क्यान्सर अस्पतालका जुनियर कन्सलटेन्ट डा.ज्ञान बहादुर श्रेष्ठ र रेडीयोलोजी टेक्नोलो्जिस्ट जय नारायण झालाई स्थानिय बासिन्दाको सहयोगमा चितवन अस्पताल प्रालि बाट सोमबार प्रहरीले पक्राउ गरेको हो । कार्यालय समय भित्र अस्पतालमा बिरामीलाई सेवा दिन छाडेर भरतपुरको चितवन अस्पताल प्रालिमा काम गर्न पुगेको भेटिएपछी स्थानियको सहयोगमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । दिउँसो १२.३० बजे चितवन अस्पतालमा सिटि स्क्यान गर्दै गरेको अवस्थामा फेला परेपछी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानिय दधिराम गौतमले बताए । अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीका कारण अस्पताल धरासायी भएको भन्दै अस्पताल आसपासका स्थानिय बासिन्दाहरुले क्यान्सर बचाउ अभियान गठन गरेर खवरदारी सुरु गरेका थिए । सोही अभियान अन्र्तगत उनिहरुले डाक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । क्यान्सर अस्पतालमा कार्यरत माथिल्लो तहका डाक्टर र कर्मचारीले निजि अस्पतालमा लगानी गर्ने क्यान्सर अस्पतालका बिरामीलाई निजिमा बोलाएर अधिकांस समय निजिमानै खर्चने गरेकाले क्यान्सर अस्पताल दिनानु दिन धरासायीहुदै गएको क्यान्सर बचाउ अभियानका संयोजक बाबुराम अधिकारीले बताए ।

चितवन अस्पताल भित्र रहेको चितवन ईमेजिङमा क्यान्सर अस्पतालका उप निर्देशक डा.देज गौतम लगायत रेडियो डायग्नोसिस शाखामा कार्र्यरत अन्य डाक्टरहरुको लगानी रहेकाले उनिहरुले क्यान्सरको उपकरण बिगारेर त्यहाका बिरामी आफ्नोमा तान्ने गरेको अस्पतालकै कर्मचारीहरु बताउछन् । डा.गौतम उप निर्देशक भएदेखीनै क्यान्सरमा बेथिति बढदै गएको बताईएको छ । उनले क्यान्सरमा लुट मच्चाउने गरेको भन्दै कर्मचारीहरु आक्रोसित बनेका छन् । अस्पतालमा रेडीयोलोजी बिग्रेको डिपाट र प्याथोलोजी कामै नगरि तलव पाईने डिपाटको रुपमा परिचित भै सकेको अस्पतालका प्रशासकिय अधिकृत गिरि नारायण महतोले बताए । ४ डाक्टर,२ वरिष्ठ टेक्निसियन,३ टेक्निसियन र ६ टेक्नोलोजिस्ट भएको रेडियो डायग्नोसिस डिपाटमा बिरामीले चाहेको बेला सेवा नपाउने र डाक्टर पनि नभेटिने अवस्था रहेको उनले जानकारी दिए । उता अस्पतालका उप निर्देशक डा.देज गौतमले भने कुन डाक्टर कहा जान्छ भन्ने कुरा आफुलाई जानकारी नहुने बताउछन् । अस्पतालका सबै डाक्टर कर्मचारीको जिम्मा लिन नसक्ने तर्क उनको छ । डाक्टर बाट गल्ति भएकै भए स्पस्टिकरण सोधेर आवस्यक कारबाहि गर्ने भन्दै उनले श्रेष्ठ र झाको बचाउ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप