वनमा आगो लगाउनेलाई खसी जरिवाना
जुम्ला - कुडारी गाविस–४ स्थित जुम्लीभिड राष्ट्रिय वनमा सोमबार आगलागी हुँदा छ हजारभन्दा बढी बिरुवा सखाप भएका छन् ।
स्थानीयवासी महिलाले चुरोट सल्काएर खाएको ठुटो जथाभाबी फालेका कारण वनमा डढेलो लागेको सोही वडाका महिलाले बताएका छन् । “गुच्ची च्याउ खोज्न गएका बेला एक महिलाले चुरोटको ठुटो फालेकी थिइन्, पछि त्यही ठुटोबाट डढेलो सुरु भयो ”स्थानीयवासी सविना शाहीले बताउनुभयो । उनका अनुसार पछि स्थानीयवासी सबै महिला जुटेर तीन घन्टापछि डढेलो नियन्त्रणमा लिएका थिए ।
डढेलोबाट सल्लो र देवदारका बिरुवा नष्ट भएको छ । उनका अनुसार आगो निभाउँदा स्थानीयवासी कुसा कामीको एउटा खुट्टा र कपडा पोलिएको तथा उनको स्थानीय औषधि पसलमा उपचार भइरहेको छ ।
“हामीले यसमा पुरुषको धेरै साथ सहयोग पायौँ, जसका कारण आगो नियन्त्रणमा ल्याइयो” – स्थानीयवासी जानकी शाहीले भनिन् । यहाँका पुरुष महिला मिलेर आगो नियन्त्रणमा नलिएको भए हजार बिरुवा नष्ट हुने थिए । समुदायका अन्य महिलाले आगलागीमा संलग्न महिलालाई एउटा खसीको जरिवाना गरेका छन् ।
त्यसैगरी आइतबार जिल्लाको देपालगाउँमा पनि आगलागी हुँदा सयौँ सल्लाका बिरुवा नष्ट भएका छन् । आगलागी साँझ भएकाले सुरक्षाकर्मी पठाउन नसकिएको तर स्थानीयवासीलाई परिचालन गर्न लगाएर आगो नियन्त्रणमा ल्याइएको प्रजिअ रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै गाविसलाई डढेलो लाग्नबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण