शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसेवा विशेष नीति आउने ल्याउने

मङ्गलबार, १४ वैशाख २०७३, १४ : २६
मङ्गलबार, १४ वैशाख २०७३
काठमाडौँ - स्वास्थ्य मन्त्रालयले विपद्का समयमा स्वास्थ्यसेवा प्रभावकारी रुपमा सञ्चालन गर्न विशेष नीति बनाई कार्यान्वयनमा ल्याउने भएको छ । गत वर्षको ‘गोरखा भूकम्प’ले स्वास्थ्य सेवा (चिकित्सक, औषधि, उपकरण)मा पारेका असरलाई ध्यान दिई जुनसुकै विपद्का समयमा थप स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न गृहकार्य भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवम् प्राविधिक सहयोगमा सो मन्त्रालय तथा हेल्थ केयर, गैरसरकारी अस्पताल सङ्घ, हेल्थकेयर फाउन्डेसन नेपाल र टिजेडयु ची फाउन्डेसनको संयुक्त रुपमा ‘गोरखा भूकम्प स् स्वास्थ्य’ विषयमा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरीले सो भूकम्पको अनुभवलाई ध्यान दिई मन्त्रालयले विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्नका लागि तयारी अवस्था रहनका लागि काम गरिरहेको जानकारी दिए । उनले भूकम्पपछि मन्त्रालयले चिकित्सक, औषधि र उपकरण अभाव हुन नदिई निःशुल्क सेवा प्रदान गरेको र अहिले पनि भूकम्प प्रभावितलाई स्वास्थ्य सेवामा कमी हुन नदिन सबै स्वास्थ्य प्रदायक संस्थामा निर्देशन भएको जानकारी दिए। मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका नेता चौधरीले अहिलेको समय सरकार गिराउने र नयाँ बनाउने बेला होइन, भूकम्पको पुनःनिर्माणमा जुट्ने समय रहेको बताए । “यो सरकारले स्थानीय, संसद्को निर्वाचन गराएपछि मात्र सत्ता हस्तान्तरण गर्छ” – उनले भने । हेल्थ केयर फाउन्डेसनका अध्यक्ष कृष्णप्रसाद आचार्यले भूकम्पपछि फाउन्डेसनले भूकम्प प्रभावित जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए। दुईदिने सो कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत ४० जनाको सहभागिता थियो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोसभेन्डेलरले गोरखाभूकम्पपछि घाइतेको खोज, उद्धार तथा उपचारमा नेपाली स्वास्थ्य संस्थाबाट भएका कामको सराहना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप