शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डडेल्धुराका सयभन्दा बढी वनमा आगलागी

मङ्गलबार, १४ वैशाख २०७३, १४ : ३३
मङ्गलबार, १४ वैशाख २०७३

डडेल्धुरा - यहाँका सयभन्दा बढी वनलाई आगाले सखाप पारेको छ । यहाँका करिब १५ सरकारी, नब्बे सामुदायिक र चार कबुलियती वन डढेलाले सखाप पारेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत लक्ष्मी जोशीले बताउनुभयो । यस क्षेत्रमा करिब चार सय ५५ सामुदायिक वन र एक सय ५१ कबुलियती वन थिए । आगो स्थानीय उपभोक्ताले नियन्त्रण गर्न खोज्दा खोज्दै पनि लामो खडेरीका कारण आगो निभाउन नसकिएको समैजी सल्लेरी सामुदायिक वनका अध्यक्ष दत्तीसिंह भण्डारीले बताए । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको स्थानीय उपभोक्ताले जनाएका छन् । आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन अधिकारीको भनाइ छ । अधिकांश वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न आप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको मानिसहरु बताउँछन् । लामो समयसम्म पानी नपर्दा आगो नियन्त्रणमा समस्या हुने समुदायका मानिसको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप