शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जनप्रशासन स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित

मङ्गलबार, १४ वैशाख २०७३, १७ : १२
मङ्गलबार, १४ वैशाख २०७३

काठमाडौँ,  । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७२ माघमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) दोस्रो वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७२ साल भदौ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे (बिएफए) दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np & www.educationonkhabar.com मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप