शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाल र भारत भिड्ने

मङ्गलबार, १४ वैशाख २०७३, १८ : १८
मङ्गलबार, १४ वैशाख २०७३

काठमाडौँ– एएफसी चौध वर्षमुनि यु–१४ को छात्रा रिजनल फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले भोलि चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै प्रतियोगिताको उद्घाटन खेल खेल्ने भएको छ ।

ताजकिस्तानको एभिएटर स्टेडियममा हुने उक्त खेलमा नेपालले विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भने यही वैशाख १६ गते बुधबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यसैगरी समूह ‘ए’ मा भने आयोजक ताजकिस्तानसहित कीर्गिस्तान, भुटान र इरान छन् ।

नेपाली टोलीमा दिलकुमारी राना, नजना रानामगर, दुर्गा खत्री, मनिसा गिरी, पवित्रा राई, पुनम घिमिरे, पूर्णिमा घिसिङ, रोसनी खत्री, सविना चौधरी, सलोनी रानामगर, सरिता न्यौपाने, श्रीषा कार्की, सुमित्रा सिंह पाख्रिन र उदया थापा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप