शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

द ग्रेट जनकपुर, द वेस्ट जनकपुरको अभियानमा लाग्न सिँचाइमन्त्रीको आग्रह

मङ्गलबार, १४ वैशाख २०७३, १८ : ५७
मङ्गलबार, १४ वैशाख २०७३

जनकपुर– सिँचाइमन्त्री उमेशकुमार यादवले द ग्रेट जनकपुर वेस्ट जनकपुरको अभियानमा लाग्न जनकपुरवासीलाई आग्रह गरेका छन् ।

विशाल जनकपुरलाई वेस्ट जनकपुर बनाउन यहाँका स्थानीय नै लाग्नुपर्ने बताउँदै उनले जनकपुरको वातावरण स्वच्छ हराभरा बनाउन सिँचाइ मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जोखिमयुक्त सदरमुकाम बचाउ कार्यक्रम अन्तरर्गत जनकपुरको पुल्चोकस्थित पुरानो जलाद नदीमा तटबन्ध निर्माण कार्यलाई शिल्यानाश गर्दै मन्त्री यादवले जनकपुरका थुप्रै नदी अतिक्रमण भएको छ, त्यो अतिक्रमण हटाउन नगरपालिकाले पहल नगरेको गुनासो गरे । जबसम्म अतिक्रमण हटाउन सकिँदैन तबसम्म द वेस्ट जनकपुर, द ग्रेट जनकपुर बन्न नसक्ने बताउँदै नगरपालिकाले अतिक्रमण हटाउन पहल गर्नुलर्ने उनले बताए ।

विकास निर्माण कार्यमा सबै एकजुट हुनुपर्ने कुरामा जोड दिँदै मन्त्री यादवले सदरमुकाम बचाउ कार्यक्रम जनकपुरबाट नै आरम्भ भएको बताए । यो कार्यक्रम जनकपुर, राजविराज, सिरहा र गौरमा संचालन हुनेछ । नदीको कारण यी सदरमुकाम विशेष जोखिममा रहेको छ ।

शिल्यानास गरिएको नदी नियन्त्रणका लागि चालु आर्थिक वर्षका लागि एक करोड बजेट छुट्याइएको छ ।

जनकपुर चुरोट कारखानादेखि जलाद नदीसम्मका लागि १ अर्व १० करोड बजेट छुट्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप