वीरगन्ज भन्सारमा आगलागी
पर्सा– वीरगन्ज भन्सार कार्यालयमा आज अपराह्न भएको आगलागीलाई समयमै नियन्त्रण गर्दा ठूलो क्षति हुनबाट कार्यालय जोगिएको छ ।
कार्यालयको प्रवेश कक्षमा आज वेल्डिङबाट सल्केको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि ठूलो नोक्सान हुनबाट जोगिएको हो । भन्सार कार्यालयको गेटमा रहेको इन्ट्री कक्षमा वेल्डिङबाट कक्ष निर्माण भइरहेका बेला एक्कासि आगो सल्किएर आगलागी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।
उहाँले आगलागीलाई चाँडै सशस्त्र प्रहरी र भन्सार कर्मचारीले नियन्त्रण गरेकाले ठूलो नोक्सान नभएको बताउनुभयो । आगलागीमा परी इन्ट्री कक्ष र कक्षमा राखिएका दराज, कुर्सी, इन्ट्री रसिद जलेर नष्ट भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए ।
भन्सारमा भएको आगलागीलाई नियन्त्रण गर्न वीरगन्ज उपमहानगरपालिकाको बारुणयन्त्र समेतलाई प्रयोग गरिएको भन्सारले जनाएको छ । एक वर्षअगाडि विद्युत्को तार सट भई आगलागी हुँदा करोडौँको मालसामान जलेर नष्ट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण