यसपालीको चिया दिवस झापामा
झापा–यसपालीको राष्ट्रिय चिया दिवस झापामा मनाइने भएको छ । सधैँजसो काठमाडौंमा मनाउँदै आएको चिया दिवस यसपटक भने झापामा मनाइने भएको हो ।
‘गुणस्तरीय चिया, अक्सन बजार र चिया उद्योगको रक्षाका लागि १९ औं राष्टिय चिया दिवस’ भन्ने नाराका साथ बुधबार झापाको बिर्तामोडमा मनाइने राष्ट्रिय चिया तथा कफि विकास बोर्डले जनाएको छ ।
दिवसको अवसरमा बिर्तामोडमा चिया प्रदर्शनी समेत राखिएको छ । एक दिने दिवसमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्ला र भारतका व्यापारीका समेत गरेर २५ स्टल राखिएको छ ।
सरकारले चियाको पकेट क्षेत्र घोषणा गरेर उत्पादन बिस्तार गरिरहेको छ । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले गत आर्थिक बर्ष २०७१।७२ मा २६ हजार हेक्टरमा खेती भई २ करोड ३१ लाख किलो चिया उत्पादन भएको जानकारी दिए ।
‘त्यसमा १ करोड ८२ लाख किलो सिटिसि र ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन स्थिति छ’ उनले भने । पछिल्लो समय पश्चिम क्षेत्र दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायतमा चिया खेतीको बिस्तार थालिएको उनले जानकारी दिए ।
दिवसका अवसरमा बोर्डले चिया मजदुर, किसान, सहकारी तथा उद्योगीसँग अन्तरक्रिया गरी समस्या समाधानका लागि पहल थाल्न प्रयास गरिरहेको बोर्डका योजना अधिृत गौरव लुइटेलले जानकारी दिए । ‘अघिल्ला बर्षहरुमा एक दिन दिवस मात्रै मनाउनृे गरिएकोमा यस बर्षदेखी चियासँग सम्बन्धित सबै पक्षसँग छलफल गरी यस क्षेत्रमा देखिएका समस्या समाधानको लागि थप पहल पनि थालेका छौं’ उनले भने ।
बोर्डले चिया क्षेत्रका समस्या समाधान गर्नका लागि आवश्यक बजेटको अभाव भएको बताएको छ । योजना अधिकृत लुइतेलले चालू आवमा ११ करोड बजेट रहेकोमा आगामी आव २०७३/७४ मा घटाएर ६ करोड ५० लाखमा सिमित गरिदिएको गुनासो गरे । ‘यसरी बजेट रकम घटाउदा चिया क्षेत्रको प्रवद्र्धन गरी उत्पादन वृद्धिका कार्यक्रम गर्न समस्या हुन्छ’ उनले भने, ‘त्यसैले सरकारले प्रयाप्त बजेटको व्यवस्था गर्न सक्नुपर्छ । हामीले पनि त्यसका लागि पहल गरिरहेका छौं ।’
बोर्डका अनुसार चिया उद्योगले करिब ५७ हजार ५०० श्रमिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत आवमा २ अर्व ६८ लाख रुपैयाँ बराबारको ११ हजार १ सय ४२ टन चिया निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण