नेविसंघ पृथ्वीनारायण क्याम्पसमा विवाद
पोखरा–नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिको नेतृत्वमा विवाद देखिएको छ । हाल इकाई सभापति पदका लागि खिचातानी देखिएको हो ।
गोपाल गुरुङले पिएन क्याम्पसको नेविसंघ इकाईलाई सभापतिको रुपमा नेतृत्व लिईरहेको अवस्थामा आफुलाई वैधानिक भन्दै अर्को टोली निस्किएपछि यो विवाद चर्किएको हो ।
वैशाख ९ गते हाल भैरहेको नेविसंघ बाहेक नै अर्को समुहले आफूहरु आधिकारिक नेविसंघको इकाई कार्यसमिति भएको भन्दै मिडियामा सार्वजनिक गरेपछि पुरानो समूहले ध्यानाकर्षण गरेको हो । गोपाल गुरुङको नेतृत्वमा रहेको इकाई कार्यसमितिले नै आफूहरुलाई आधिकारिक समिति भएको र नयाँ आएका समूह व्यक्तिगत स्वार्थ पुरा गर्न मात्रै त्यसो गरेको आरोप लगाएको छ ।
विद्यार्थी नेता गोपाल गुरुङले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्– ‘संगठनको विधि, मुल्य र मान्यतालाई लात लगाउँदै आफ्नो व्यक्तिगत स्वार्थपुर्ति गर्न लालयीत हुने यस्ता व्यक्तिको पछाडी नलाग्न सम्पूर्ण साथीहरु, प्रध्यापक, कर्मचारी, पत्रकार र सम्पूर्ण शुभेच्छुक महानुभावहरुलाई अनुरोध गर्दछु ।’
साथै उनले नेपाली काँग्रेस कास्की र नेविसंघ जिल्लासँग समन्वय गरि चाँडोभन्दा चाँडो नेविसंघ पृथ्वीनारायण क्याम्पस इकाईको अधिवेशन गराउने समेत प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण