ब्रेन ट्युमर रोगबाट ग्रसित बालकलाई करिब डेढ लाख आर्थिक सहयोग
यूएई–आपत परेको बेला सहयोग गर्नका लागि सँधै अग्रपंतिमा रहने सुदुरपश्चिम सेवा समाज यूएईले ब्रेन ट्यूमर रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ ।
बैतडी जिल्ला तल्लो स्वराड उदयदेव–९ का बुबा बलबिर सिंह ठकुराठी र आमा कहुरादेवी ठकुराठीका १५ वर्षीय छोरा पुष्कर सिंह ठकुराठीको उपचारका लागि एक लाख ४१ हजार ५ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
आर्थिक अवस्था एकदमै कमजोर भएका ठकुराठी गत एक बर्षदेखि टाउको दुख्ने बिरामले ग्रस्त भएपछि गाउँमै जडिबुटी र धामी झाँक्रीबाट उपचार गराउँदा सन्चो नभएर दिन प्रतिदिन स्थिति बिग्रँदै जाँदा तीन महिना पहिले भारतको उत्तर प्रदेश बरेलीमा डाक्टरलाई चेकजाँच गराउँदा ब्रेन ट्यूमर रोगको लक्षण देखा परेको थियो । डाक्टरले जति सक्दो छिटो उपचार गराउनुपर्ने र उपचारका लागि करिब ३ लाख रुपैयाँ खर्च जुटाउन सल्लाह दिएका थिए ।
बिदामा घर गएका बेला सुदुरपश्चिम सेवा समाज यूएईका केन्द्रीय सदस्य मोहन सिंह ठकुराठीले बिरामीको बारेमा सुनेर आफैँ प्रत्यक्ष भेटेर हालखबर बुझी सक्दो सहयोग जुटाउने अठोट गरेर यूएई फर्केपछि सहयोगका हात जुटेका हुन् । सुदुरपश्चिम सेवा समाज यूएईका पदधिकारीहरुको बिशेष सक्रियतामा र मोहन सिंह ठकुराठीको मेहनतबाट सो आर्थिक सहयोग रकम जुटेको हो ।
उक्त सहयोग रकम पीडितका बुबाको नाममा आईएमई गरेर पठाइएको मोहन सिंह ठकुराठीले जानकारी दिएका छन् । ठकुराठीले सहयोगी हातहरुप्रति हार्दिक आभार प्रकट गर्दै आउँदा दिनमा पनि दुःखी पीडितहरुलाई सक्दो सहयोगार्थ कार्यलाई निरन्तरता दिइरहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण