रोनाल्डो बिनाको रियल बराबरीमा रोकियो
म्यान्चेस्टर – घाइते स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिनै मैदानमा उत्रेको रियल म्याड्रिड म्यान्चेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिगको सेमिफाइनल अन्तरगत पहिलो लेगको खेलमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । रियलले खेलेको २२३ वटा च्याम्पियन्स लिगको खेलमा गोलरहित बराबरीमा टुंगिएको यो नवौं अवसर मात्र हो । सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले रियलको पोष्टमा खासै आक्रमण गर्न सकेन भने गोलकिपर जो हार्टले खेलको अन्तयतिर दुई महत्वपूर्ण बचाऊ गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने आशा कायम राखेका छन् । उता, रोनाल्डो बिनै मैदानमा उत्रेको रियलले पनि खेलको धेरै समय सिटीमाथि दबाब बनाउन सकेको थिएन । यस सिजन ४७ गोल गरेका रोनाल्डो घाइते हुँदै हिजोको खेलमा खेल्ने अनुमति नपाएपछि सिटीले निकै राहत पाएको थियो । सन् २००९–१० सिजनपछि च्याम्पियन्स लिगमा रोनाल्डोबिना रियलले मात्र ४३ प्रतिशत खेल जितेको छ । उनी हुँदा भने ७१ प्रतिशत खेल जित्ने गरेको तथ्यांक छ ।
रोनाल्डोको अनुपस्थितिमा गेराथ बेलले धेरै अवसरहरु सृजना गर्न सकेनन् । खेलको अन्तयतिर भने जेसेको प्रहार पोष्टमा लागेको थियो भने हार्टले कासिमेरो र पेपेको प्रहारको उत्कृष्ट बचाऊ गरेका थिए । सिटीको एक मात्र उल्लेख्य आक्रमण भनेको अतिरिक्त समयमा केभिन डे ब्रुयनको फ्रिकिक थियो जसलाई केलर नाभासले सजिलै बचाए । सिटीले रियललाई रोकेर आफ्नो आशा जिवितै राखे पनि उसको सामु अझै चुनौति बाँकी रहेको छ । यस सिजन च्याम्पियन्स लिगमा रियलले आफ्नो घरेलु मैदानमा एक पनि गोल खाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण