वृद्धालाई फेसबुकले भेटाइदियो परिवार
चितवन - हराएकी एक वृद्धाको सामाजिक सञ्जाल फेसबुकका कारण परिवारसँग पुनर्मिलन भएको छ ।
नवलपरासी धौबादी–७ शङ्खदेव टोलकी ८४ वर्षीया इन्द्रकला पाण्डेको यसरी उद्धार भई फेसबुकमार्फत परिवार भेटेर पुनर्मिलन गराइएको हो । मानव सेवा आश्रम चितवनले यही वैशाख ४ गते उद्धार गरेकी वृद्धालाई फेसबुकमार्फत परिवार पत्ता लागेपछि पुनर्मिलन गराइएको आश्रमकी अभियन्ता रुपा केसीले जानकारी दिइन् ।
फेसबुकको माध्यमबाट आफ्नी हजुरआमा आश्रममा रहेको थाहा पाएपछि लिन आएको नाति पुण्य प्रसाद पाण्डेले मङ्गलबार पुनर्मिलनका क्रममा बताए । मानव सेवा आश्रमले उनलाई भेटेपछि फेसबुकमा तस्बिरसहित जानकारी राखेको थियो । सोही जानकारीका आधारमा खोजी गर्दा हजुरआमालाई फेला पारेको पुण्यप्रसादले भने ।
उनी घरमा कोही नभएको बेला वैशाख १ गते निस्कनुभएको थियो । पुण्य प्रसादका अनुसार उहाँ यसअघि पनि ६ पटक हराइसकेकी थिइन्। विभिन्न ठाउँमा गएर खोजी गरी घर ल्याउने गरिएको पुण्य प्रसादको भनाइ छ । अहिले धेरै ठाउँमा खोजी गर्दा भेटिएको थिएन । बारा जितपुर घर हो भन्दै भरतपुर अस्पतालअगाडि उहाँ गम्भीर घाइते अवस्थामा रहेका बेला नारायणगढ पुल्चोक निवासी अस्मिता गुरुङले फेला पारेपछि वैशाख ४ गते नै आश्रममा ल्याइएको थियो । इन्द्रकलाको निधार तथा दाहिने आँखावरपर गहिरो घाउ लागेको अवस्थामा उद्धार गरिएको अभियन्ता सिर्जना ओलीले बताइन् । उपचार पछि सबै घाउ ठीक भएको उनको भनाइ छ ।
यसअघि गएको मङ्सिरमा पनि उनलाई आदर्श गृहले उद्धार गरी परिवारको जिम्मा लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण