बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

टोकियोमा हुने ‘म्युजिक मेला’ को तयारी अन्तिम चरणमा

बुधबार, १५ वैशाख २०७३, १० : २०
बुधबार, १५ वैशाख २०७३

टोकियो – जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्यूजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिडिया म्यासेजद्वारा सञ्चालित नेपाल सन्देश डटकमको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आइतबार म्यूजिक मेलाको आयोजना गर्न लागिएको हो ।

म्यूजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको र टिकट बिक्रीको काम धमाधम भइरहेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रालिका प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए । म्यूजिक मेलाका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय एनएसकेु, सहिमा श्रेष्ठ, नविन पौडेल जापान आउँदैछन् ।

साथै हाँस्य कलाकार कुमार श्रेष्ठ (फर्सिलाल) को समेत विशेष प्रस्तुति रहनेछ कार्यक्रम मे १ तारिखमा टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा हुनेछ । मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्यूजिक मेलामा सहभागि हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा प्रालिले अनुरोध गरेको छ । म्यूजिक मेलाका टिकटहरु जापानको टोकियोका विभिन्न स्थानमा टिकट विक्री भइरहेको निउरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप