शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दलित वस्तीमा मदिरा छाड्नेहरुको लहर

बुधबार, १५ वैशाख २०७३, १० : ४३
बुधबार, १५ वैशाख २०७३

गुल्मी– कुनै समय विहानै पनि जाँड रक्सी पिएर राताराता गाला बनाउने र चर्के चर्को स्वमा बोल्ने गुल्मी बडागाउँ–७ चुँदररी गाउँका गोमबहादुर सुनारको घरमा अहिले विहान चर्को चर्को स्वरमा पुजा कोठामा शंख र घण्टा बज्ने गर्दछ र विधिवत पुजा पाठ गरेर परिवारका निधारमा टिका सुरु हुन्छ । त्यो घरको वातवरण अहिले कुनै व्राम्हण परिवारको भन्दा कम छैन । चुनाव जितेरै पुर्व वडा अध्यक्ष रहेका र विभिन्न संघ संस्थामा समेत आवद्ध रहेर लामो समय देखि समाज सेवा गरेका सुनारलाई जाँड रक्सीले आफ्नो ईज्जतलाई धेरै ठाउँमा दाग लगाई दिएको कुराले पोल्यो र तिन वर्ष अघि देखि नै उनले त्यसलाइ चटक्कै छाडिदिए । ‘एकातिर पैसाको नास, अर्को तिर ज्यानको पनि नास, त्यो भन्दा पनि ठुलो कुरा न घर न समाजको नियमति काम न त ईज्जतको नै सवाल , यस्तो बनाउदो रहेछ जाँड रक्सीले र त्यसलाई सत्रु सम्झेर छोडेको हुँ ’–सुनारले भने–‘ मैले छाडे पछि यस गाउँका अरु भाई भतिजा र काकाहरुले पनि छाडेका छन् ।’ लगत्तै उनका काका मंगल सुनारले पनि जाँड रक्सी पिउन छाडे । दिनभरी काम ग¥यो, राती अवेर जाँड रक्सीले टिल्ल भएर आउँदा मंगल सुनारको घरमा कुनै समय रातभरी झै–झगडा हुन्थ्यो , शान्त भएर सुत्न सक्दैन्थ्यो त्यो घर र टोल , अहिले त्यो घर र टोलमा सुख शान्ति छाएकोे छ । जाँड रक्सीले खाना नरुचेर दुव्लाएर सिख्रो बनेका मंगल सुनार अहिले रिस्टपुष्ट बनेका छन् । त्यस घरमा भन्दा पनि त्यस गाउँकै पल्लो टोलमा जाँड रक्सी पिएर आतंक मच्चाएका थिए वावुराम सुनारले । उनले विहानै दिउँसो जाँड रक्सी सेवन गरेर आफ्नो सुनचाँदी व्यवसाय चौपड त पारेका थिए नै परिवारको दैनिकीमा समेत समस्या खडा पारेका थिए । तर अहिले उनले पनि जाँड रक्सी छाडेर आफ्नो त्यो व्यवसायलाई सम्हालेका छन भने परिवारमा शान्ति पनि छाएको छ । जाँड रक्सी छाड्ने उनिहरु सवैले भने–‘ हिजो जाँड रक्सी पिउँदा घरमा नुन तेल किन्ने पैसाको समेत कमी भएर झडगा हुने गर्दथ्यो अहिले त्यस्तो छैन । उनिहरु अहिले दिनमा कति कमाईस् ? भन्दा पनि कति बचाईस ? भन्ने प्रतिस्पर्धामा लागेर आ–आफ्नो पेशामा लागेको बताउछन् । त्यसै गाउँका हुकम सुनार, दिपक सुनार र कृष्ण सुनारले पनि रक्सी छाडे पछि विशेषतः उनका परिवारमा खुशी छाएको छ । उनिहरुले रक्सी छाडे पछि उनका श्रीमतिहरुले खानामा पनि विशेष हेरविचार गरेर दुध दही र घिउको व्यवस्था मिलाउन थालेका छन् । उनकै छिमेकी देविराम रिजाल भन्छन–‘ जाँड रक्सी खायो कि आँखा नदेख्ने, झै झगडा हुने गर्दथ्यो, यसरी नै अरुले पनि रक्सी छाड्दै जाने हो भने जातिय विभेद अवस्य हराउने छ ।’ उता गोमबहादुर सुनार भन्छन् –‘हाम्रो समुदयमा जाँड रक्सी खानेहरु घढ्दै छन तर अन्य समुदायमा भने बढ्दै छन् । यसर्थ पनि जाँड रक्सी सेवन गरेकै नाममा दलिहरुलाई विभेद र घृणा गर्नु गलत हो । ’ सुनार परिवार भन्छन्–‘पहिला पहिलो चाड पर्व विवाह लगायतमा चेली वेटीहरुले रक्सी पहुर ल्याउने चलन थियो त्यो पनि मेटाउँदै छौं । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप