दिल्ली दौडपछि देउवा आज फर्कदैँ
काठमाडौं – पत्नी एवम् सांसद् डा. आरजु राणा देउवाको उपचारको लागि भारतमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किने भएका छन् । गत वैशाख ६ गते भारत प्रस्थान गरेका देउवा आज ३ बजे जेट एयरवेजको विमानबाट काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए । राणाको गुरगाउँस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया गरिएको थियो । देउवाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् उनको सफल शल्यक्रिया भएको बताउँदै आज फर्किने जानकारी दिएका छन् । पत्नीको उपचारको लागि भारत पुगेको बताइपनि देउवाको भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भारत बसाईंका दौरानले भारतीय विदेश मन्त्री सुष्मा स्वाराजदेखि महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए । हालै मात्र संसदीय दलका नेता निर्वाचित भएका देउवालाई भाबी प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ । भारत भ्रमणपछि सत्ता समिकरण बदलिने धेरैले अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण