मधेसीको मन जित्ने प्रयासमा सिंचाईमन्त्री, सप्तरीदेखि पर्सासम्मलाई पूर्ण सिंचित क्षेत्र घोषणा गर्ने तयारी
बुधबार, १५ वैशाख २०७३, ११ : ०४
महोत्तरी – सिंचाई मन्त्री उमेश कुमार यादवले महोत्तरीका रामगोपालपुरलाई पूर्ण सिंचित क्षेत्र घोषणा गरेका छन् ।
हरेक किसानको खेतमा पानी पुर्याउने लक्ष्यका साथ उनले यो कार्यक्रम घोषणा गरेका हुन् । सप्तरीदेखि पर्सासम्मलाई पूर्ण सिंचित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ । यो घोषणाका लागि मात्र घोषणा नभर्ई सफल पार्नका लागि मन्त्रालयले विभिन्न योजना पनि ल्याइएको मन्त्री यादवले जानकारी दिए ।
रामगोपालपुरमा स्यालो ट्युवेल, डिप बोर्डिगं, पोखरी, इनारलगायत स्रोतबाट सिँचाई योजना पुर्याउने गरि मन्त्रालयले काम गर्न तयार रहेको उनले घोषणा गरे । यहाँका लागि दुईसय स्यालो ट्युवेल चाहिने ठाउँमा पचासबटा स्यालो ट्युवेल तयारी अवस्थामा रहेको छ भने अरु पनि क्रमश गरिने मन्त्री यादवले बताए । डिप बोर्डिगंको पनि माग आएको भन्दै उनले त्यो पनि प्रकृया पुर्याएर तत्कालै पुरा गर्ने घोषणा गरे ।
खेतीयोग्य जमिन पर्याप्त भएपनि सिँचाईको व्यवस्था नभएको कारण भोकमरीको अवस्था रहेको बताउँदै मन्त्री यादवले ८० प्रतिशत किसान यो देशमा भएपनि २० अर्वको खद्यान्न आयात गर्न बाध्य भएको बताए । ‘ यस्तो हुनुको कारण सिँचाई नै हो । किसानको खेतखेतमा सिँचाईको व्यवस्था पुग्यो भने नेपालका किसान अर्थात जनता कृषिमा आत्मनिर्भर हुन सक्छन्’, मन्त्री यादवले भने ।
चुरै विनाशका कारण तराई मधेशका नदी, नाला, पोखरी, इनार सुक्दै गइरहेको उल्लेख गर्दै उनले चुरे संरक्षणमा विशेष जोड दिए ।
यस्तै मन्त्री यादवले महोत्तरीका विभिन्न सिँचाई आयोजना तथा नदी नियन्त्रण कार्यक्रम र पोखरी पनि निरीक्षण गरेका छन् भने विघही नदीमा फोहर पानी रहेकोप्रति मन्त्री यादवले चिन्ता व्यक्त गरे । यो पानीले मानवको स्वास्थयमा प्रत्यक्ष असर गर्ने भएकाले त्यसलाई सफा पार्न सम्बन्धित पक्षलाई आग्रह गरेको मन्त्रीका सल्लाहकार सुरेसकुमार यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण