शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मुलुकलाई एक वर्षमा अन्डा, दुई वर्षमा दूध र तीन वर्षमा मासुमा आत्मनिर्भर बनाउन सकिने

बुधबार, १५ वैशाख २०७३, १२ : १५
बुधबार, १५ वैशाख २०७३
पाँचथर– पशुपक्षी विकासमन्त्री शान्ता मानवीले सरकारले पशुपक्षी विकासका लागि कार्ययोजना बनाउन लागेको बताएकी छन् । पाँचथरको फिदिममा आज बिहान उनले पशुपालनको विकासमा दिगो कार्ययोजना बनाएर मुलुकलाई एक वर्षमा अन्डा, दुई वर्षमा दूध र तीन वर्षमा मासुमा आत्मनिर्भर बनाउन सकिने उल्लेख गरिन् । मन्त्री मानवीले पशुपालनको सम्भावना राम्रै भएको र उन्नत जातको नश्ल, पौस्टिक आहार र बजारीकरणको व्यवस्था गर्नसके पशुपालनबाट आत्मनिर्भरसँगै मुलुकको आर्थिक समृद्धि पनि हुने बताइन् । उनले मुलुकले नयाँ संविधान पाइसकेकाले अब समृद्धिका लागि सबै जुट्नुपर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप