बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सैनिक जवान मृत फेला

शनिबार, १८ वैशाख २०७३, ०८ : २७
शनिबार, १८ वैशाख २०७३

बर्दिया– छ दिनदेखि हराइरहेको नेपाली सेनाको एक जवान बर्दियाको सत्या सामुदायिक वनमा शुक्रबार बिहान मृत फेला परेका छन् ।

नं २ वन तथा पर्यावरण सुरक्षा हात्तीखोर नवलपरासीमा कार्यरत सैनिक जवान बर्दिया बाँसगढी नगरपालिका–७ का दुर्गाबहादुर खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले खड्का मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । खड्काको शव जिल्ला अस्पताल बर्दियामा परीक्षण गरी आजै परिवारलाई बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप