‘श्रीमानको रिर्पोट आफ्नै देवरहरुले लुकाए !
कपिलवस्तु–शिवराज नगरपालिका वार्ड नं.– १० मदवा गाउँका इन्द्र बहादुर राउत अहिले जीवनमरणको दोसाँधमा छन् । उनी बिरामी शैयामा छट्पटिरहेका छन् । राउतको दाउरा काट्ने क्रममा ३ वर्षअघि ढाड भाँच्चिएर शरिरको तल्लो भागको चेतना गुमाएदेखि परिवारले सहयोगी हातहरुको याचना गरिरहेका छन् ।
चितवनको भरतपुर मेडिकल कलेजमा सामान्य उपचार गरेर फर्केर उनको दिनचर्या आफ्नै घरमा बितिरहेको छ । राउतकी श्रीमती संगिता राउत गहभरि आँशु लिएर आफ्नो श्रीमानको रिर्पोट आफ्नै देवरहरुले नदिएको पिडा सुनाएकी छन् ।
अहिले स्थानीय गाउँका समाजसेवी संजय मल्ल र आइएनएफ नेपाल कपिलवस्तु शाखाका सामाजिक सहायक अधिकृत मीना महतोले राउतको ढाड र खुट्टामा रहेको ठूलो घाउ उपचार गर्ने आश्वासन दिएका छन् । आफूले दैनिक ३ सय रुपैयाँमा दैनिक मजदुरी गरेर साताको १०० रुपैयाँको औषधी किन्न समेत हम्मेहम्मे परेको उनको श्रीमतीले बताइन् । श्रीमानलाई दिशापिशाव गराउन आफू जहाँ भएपनि घरमा आउनुपर्ने बाध्यता रहेको श्रीमती राउतको भनाइ छ ।
जिविस कपिलवस्तुमा उपचारका लागि स्थानीय समाजसेवी मल्लको सहयोगमा निवेदन दिएपछि जिविसले १÷२ दिनभित्रै सहयोगका लागि प्रतिबद्धता जनाएको भएपनि अहिलेसम्म कुनैपनि सहयोग प्राप्त नभएको उनले बताइन् । यता जिविसका सामाजिक विकास अधिकृत बासुदेव जम्मरकट्टेलले प्राप्त निवेदनको आधारमा उपचारका लागि सहयोग गर्ने प्रक्रिया आरम्भ गरेको बताए ।
हरियोखर्क अस्पताल पोखरामा उपचारको आइतबार देखि १ हप्तासम्म भर्ना गरि उपचार हुने अवस्था पता लगाउने र खर्चको निर्धारण गरिने जानकारी दिएको छ । यता आइएनएफ नेपालले राउतको उपचारको लागि यातायात खर्चसहित १ हप्तासम्मको हरियोखर्क अस्पताल पोखरामा उपचारको लागि लाग्ने खर्च बेहोर्ने जनाइएको छ । अन्य सहयोगी निकाय नगरपालिका, सामाजिक संस्था, व्यक्तिले उनको बिपन्नताका कारणले सहयोग उपलब्ध गराएर राउतको जिवन रक्षा गर्न आवश्यक रहेको आइएनएफ नेपालका सामाजिक सहायक अधिकृत मीना महतोले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण