तपाईंको फेसबुक, पासवर्ड बिनै खोलिन्छ !
तपाईंले आफ्नो फेसबुकको पासवर्ड आफूलाई मात्र थाहा छ, म मात्र खोल्न सक्छु भन्ने धारणा पाल्नुभएको छ भने तपाई गलत धारणामा हुनुहुन्छ । तपाईं बाहेक पनि अरु कोहीले तपाईंको फेसबुक खोल्न सक्छन् ।
के तपाईंले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाईंलाई मात्र पासवर्ड थाहा भएको तपाईंको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ भनेर ।
हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो पनि होइन, यी मानिसका कारण तपाईंको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।
उनीहरुलाई तपाईको फेसबुक खोल्न पासवर्डको जरुरत नै पर्दैन । ती कुनै ह्याकर हैनन् ती फेसबुक कम्पनीकै कर्मचारी हुन् । फेसबुकले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ ।
वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन ।
फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई फेसबुकले यस्तो अधिकार तथा सुविधा दिएको हो । फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलाई दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन । निश्चित काम पुरा गरुन्जेलका लागि फेसबुकले आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिन लागेको हो ।
किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैँभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण