बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिरबाट खसेर मृत्यु

शनिबार, १८ वैशाख २०७३, १० : २४
शनिबार, १८ वैशाख २०७३

पाल्पा– रामपुर नगरपालिका–२ पन्थेका रामबहादुर रानाको भिरबाट खसेर मृत्यु भएको छ । वर्ष ५३ का राना शुक्रबार साँझ घाँस काट्न घर नजिकैको डुम्रीखोला खरबारीमा गएको पारिवारिक स्रोतले जनाएको छ ।

साँझ अबेरसम्म घर नफर्के पछि खोज्दै जाँदा राति डुम्रीखोला खरबारीबाट १०० मिटर तल घाइते अवस्थामा भेटिएका रानाको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल ल्याउँदै गर्दा शुक्रबार राति बाटोमै मृत्यु भएको उनका छोरा दिलराम रानाले बताउ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप