बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरसफाइ अभियानमा विद्यार्थी

शनिबार, १८ वैशाख २०७३, ११ : ००
शनिबार, १८ वैशाख २०७३

काठमाडौँ– थर्ड आई युथ क्लब बुद्धनगरको सरसफाइ अभियान अन्तर्गत यहाँको ढुङ्गेधारादेखि गणेश स्थानसम्म सरसफाइ गरिएको छ ।

युथ क्लबका सदस्य, स्थानीयवासी तथा काब्य स्कुल बानेश्वरका विद्यार्थीले क्लबको ५५ औं हप्ताको सरसफाइ अभियानमा साथ दिएका छन् ।

यस अभियानको नेतृत्व गर्दै आएका नेपाली काँग्रेसका सांसद मोहन राईले सरसफाइ अभियानबाट यस क्षेत्रका वासिन्दालाई वातावरणमैत्री र स्वच्छ तथा स्वस्थ राख्न मद्दत गरेको बताए ।

युथ क्लबका अध्यक्ष सुवास राईले अभियानबाट नागरिको सामाजिक उत्तरदायित्व पूरा हुने र स्थानीयवासी तथा युवामा सामाजिक कार्यमा लाग्न प्रेरणा प्राप्त हुने बताए । काब्य स्कुलका विद्यार्थीले सरसफाइ कार्यक्रममा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रममा फेरि पनि सहभागी भई आफू वरपरको वातावरण स्वच्छ राख्न सहयोग पु¥याउने प्रतिबद्धता जनाए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप