एमाओवादीको कारण सरकारको काम गर्ने जाँगर घट्योः माधव नेपाल
शनिबार, १८ वैशाख २०७३, १२ : २२
धनकुटा– पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले सत्तामै रहेको एमाओवादीका केही नेताले बोल्दै आएको सरकार विरोधी अभिव्यक्तिले सरकारको काम गर्ने जाँगर पनि घट्दै भइरहेको बताएका छन् ।
नेता नेपालले अहिले फुट्ने नभई जुट्ने बेला भएकाले त्यसका लागि सबै दलका नेतालाई गम्भीर भएर अघि बढ्न आग्रह गरे ।
शनिबार बिहान घनकुटामा आयोजित सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान कार्यान्वयन गरेर मुलुकको विकास गर्नका लागि दलहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको बताए ।
संविधान कार्यान्वयन गरेर सङ्क्रमणकाल पार गर्दै मुलुकको समृद्धिका लागि कम्तीमा पनि प्रमुख तीन दलको सहकार्य आवश्यकपर्ने भन्दै नेता नेपालले त्यसका लागि काँग्रेस पनि राष्ट्रिय सहमतीय सरकार निर्माणमा सहभागी हुनुपर्ने आवश्यकता औंल्याए ।
राजनीतिक अस्थिरताका कारण मुलुकमा बेतिथि बढ्दै गएकाले विधिको शासन स्थापित गर्नका लागि पनि उनले दलहरुबीचको सहकार्यमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण