रूखले किचेर एकको मृत्यु
शनिबार, १८ वैशाख २०७३, १९ : २७
इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्कमा रूखले किचेर मोटरसाइकलमा सवार सुनसरीका एक युवकको आज दिउँसो ज्यान गएको छ ।
सुनसरीबाट इलाम सदरमुकामतर्फ आउँदै गरेको को २२ प ७०४ नम्बरको मोटरसाइकलका चालक सुनसरी बक्लौरी–६ का विकेश परियारको रूखले किचेर ज्यान गएको हो । उनीसँगै मोटरसाइकलमा सवार अर्का मोरङ तेतरिया–८ का हेमनारायण चौधरी सामान्य घाइते भएका छन् । घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।
इलाम नपा–५ स्थित भूपाल चौहानको बारीमा रूख ढाल्ने क्रममा परियारलाई रूखले किचेको थियो । प्रहरीले रूख धनी चौहान र रूख ढाल्ने पदमबहादुर बराईलीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिउ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० वर्षमाथिका सैनिकको टेस्टोस्टेरोन परीक्षण गर्दै अमेरिका
-
पुनः वार्ता सुरु गर्न अमेरिका–इरानलाई दबाब दिइरहेछ पाकिस्तान
-
‘दुनियाँको कुनै ताकतले इरानबाट स्ट्रेट अफ होर्मुज खोस्न सक्दैन’
-
भारतका अतिरिक्त विदेश सचिव र नेपालका परराष्ट्र सचिवबीच भेटवार्ता
-
नयाँ कर नीति: के-के भए सस्तो, कुन-कुन कुरामा थपियो शुल्क?
-
कर्णालीमा एमालेको बटमलाइन– सकेसम्म यही गठबन्धन जोगाउने, सम्भव नदेखिएमात्र विकल्प खोज्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण