३० वर्षमाथिका सैनिकको टेस्टोस्टेरोन परीक्षण गर्दै अमेरिका
सारांश
- अमेरिकी रक्षा मन्त्रालयले ३० वर्ष वा सोभन्दा माथिका सबै सैनिकका लागि वार्षिक टेस्टोस्टेरोन परीक्षण सुरु गर्ने घोषणा गरेको छ ।
- परीक्षणमा टेस्टोस्टेरोनको कमी देखिएमा उपचार उपलब्ध हुनेछन्, तर उपचार गर्ने वा नगर्ने निर्णय सैनिककै इच्छामा निर्भर रहनेछ ।
- यो पहल सैनिकहरूको प्राकृतिक शारीरिक क्षमता पुनस्र्थापना र सुदृढ गर्ने उद्देश्यले ल्याइएको दाबी गरिएको छ ।
वाशिङटन डीसी । अमेरिकी रक्षा मन्त्रालयले ३० वर्ष वा सोभन्दा माथिका सबै सैनिकका लागि वार्षिक टेस्टोस्टेरोन परीक्षण सुरु गर्ने घोषणा गरेको छ ।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले बुधबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत यो कार्यक्रम सैनिकहरूको नियमित वार्षिक स्वास्थ्य परीक्षणमा समावेश गरिने जानकारी दिएका हुन् । उनका अनुसार ३० वर्ष वा सोभन्दा माथिका सैनिकका लागि परीक्षण अनिवार्य हुनेछ भने ३० वर्षभन्दा कम उमेरका सैनिकले इच्छाअनुसार परीक्षण गराउन सक्नेछन् ।
परीक्षणमा टेस्टोस्टेरोनको कमी देखिएमा टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी (टीआरटी)लगायत उपचार उपलब्ध हुनेछन्, तर उपचार गर्ने वा नगर्ने निर्णय सम्बन्धित सैनिककै इच्छामा निर्भर रहने हेगसेथले बताए ।
हेगसेथले यो कार्यक्रम कृत्रिम रूपमा क्षमता बढाउने प्रयास नभई सैनिकहरूको प्राकृतिक शारीरिक क्षमता पुनस्र्थापना र सुदृढ गर्ने उद्देश्यले ल्याइएको दाबी गरेका छन् । उनले भने, ‘यो पहल कृत्रिम रूपमा क्षमता बढाउनका लागि होइन। यसको उद्देश्य सैनिकहरूको प्राकृतिक क्षमता पुनस्र्थापना गर्नु, दीर्घकालीन स्वास्थ्यको रक्षा गर्नु र युद्धका लागि आवश्यक जैविक आधार सुदृढ बनाउनु हो,’ ।
अमेरिकाको मेयो क्लिनिकका अनुसार पुरुषमा ३० वा ४० वर्षको उमेरपछि टेस्टोस्टेरोनको स्तर हरेक वर्ष करिब १ प्रतिशतका दरले स्वाभाविक रूपमा घट्दै जान्छ । यो योजना हेगसेथले सेनामा कडा शारीरिक मापदण्ड र ’योद्धा संस्कृति’ स्थापित गर्ने अभियानअन्तर्गत ल्याएको पछिल्लो कदम हो । यसअघि उनले सैनिकहरूको तौल, फिटनेस र बाह्य स्वरूपसम्बन्धी कडा मापदण्ड लागू गर्ने घोषणा गरेका थिए ।
यो घोषणापछि डेमोक्रेटिक पार्टीका केही सांसदहरूले यसको आलोचना गरेका छन् । सिनेटर ट्यामी डकवर्थले यस कार्यक्रमलाई लैङ्गिक पहिचानसँग सम्बन्धित स्वास्थ्य सेवासँग मिल्दोजुल्दो भएको टिप्पणी गरिन् । हेगसेथको निर्णयले उनी निश्चित वैचारिक समूहहरूको प्रभावमा रहेको देखाएको प्रतिनिधिसभा सदस्य क्रिसी होलाहानले भनिन् । दुवै सांसदले महिला सैनिकका लागि पनि यस्तै हर्मोन परीक्षणको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार अमेरिकी सेनामा कार्यरत महिलामा बाँझोपन (इन्फर्टिलिटी) सम्बन्धी समस्या सामान्य जनसंख्याको तुलनामा बढी देखिने भएकाले समान स्वास्थ्य परीक्षण आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामखुट्टे मार्ने एआई प्रविधियुक्त ‘माइक्रो ड्रोन’
-
मधेसमा कांग्रेस–एमाले–नेकपा गठबन्धन कायमै रहने
-
जहाँ पुलमुनि ठडिएका छन् दर्जनौँ आवासीय भवन
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण