पार्टी अध्यक्षमा सर्वसम्मत हुने नेता गच्छदारको विश्वास
विराटनगर–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतान्त्रिक विधिमा आधारित पार्टीको विधान बन्ने जानकारी गराएका छन् । सो पार्टीको भोलिदेखि तीन दिनसम्म विराटनगरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज पत्रकार भेटघाटको कार्यक्रममा भोलिको बन्दसत्रमा विधान पारित हुने र पार्टीको नाम परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने बताए ।
उनले प्रथम महाधिवेशनमा मुलुकको हिमाल, पहाड र तराईका समेत गरी दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता रहने जानकारी दिए ।
उनले विराटनगरको सहिद रङ्गशालामा भोलि मध्याह्नदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाका साथै विभिन्न राजनीतिक पार्टीका नेता सहभागी हुने जानकारी दिए ।
उनले भारतबाट भारतीय राष्ट्रिय काँग्रेस, भारतीय जनता पार्टी, जनता दल युनाइटेड०बहुजन समाजवादी पार्टी, झारखण्ड पार्टीका वरिष्ठ नेता पनि सहभागी हुने निश्चित भइसकेको बताए ।
पार्टी अध्यक्ष पदमा प्रतिस्पर्धाको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले लोकतान्त्रिक विधिअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको स्पष्ट पार्दै पार्टी अध्यक्ष गच्छदारले सर्वसम्मत निर्णय हुने विषयमा आफू विश्वस्त रहेको जानकारी गराए ।
पार्टीले समावेशी सिद्धान्त स्वीकार गरेको भन्दै उनले महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितता हुने र पहाडी समुदायका लागि विशेष व्यवस्था गरिने जानकारी दिए ।
सोही अवसरमा पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले प्रथम महाधिवेशनको समष्टिगत रुपमा तयारी पूरा भइसकेको बताए ।
महाधिवेशनमा आउने पाहुनाका साथै पार्टी प्रतिनिधिको आवास, भोजन, यातायातलगायतका व्यवस्था पूरा भइसकेको र व्यापकरुपमा स्वयम्सेवक परिचालनसमेत हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण