क्यानडेली नागरिक पक्राउ
काठमाडौँ–नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने एक क्यानडेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
रोबर्ट पेन्नर नामका ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
विभागका महानिर्देशक केदार न्यौपानले क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि पक्राउ गरिएको जानकारी दिए ।
उनी भिन्नाभिन्नै प्रवेशाज्ञाका नाममा विगत तीन÷चार वर्षदेखि नेपालमा बस्दै आएका थिए । हाल कामदार प्रवेशाज्ञामा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्दै आएका थिए ।
कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोहीअनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुनविपरीत मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण