परीको कथा : टोटनहम रोकिदा लेस्टर बन्यो प्रिमियर लिग च्याम्पियन
काठमाडौं – लेस्टर सिटीले अविश्वनीय रुपमा प्रिमियर लिगको उपाधिमाथि कब्जा जमाउँदै नयाँ इतिहास रचेको छ । दोस्रो स्थानमा रहेको टोटनहम हटस्पर्स सोमबार राती चेल्सीसँग २–२ को बराबरीमा रोकिएपछि क्लाउडियो रानिएरीको टोली दुई खेल अगावै लिग च्याम्पियन बनेको थियो । गत वर्ष झण्डै रेलिगेसनमा परेको टोलीले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगका महाराथी भनिएका टोलीलाई पछि पार्दै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । धेरैले यसलाई परीको कथा भनिरहेका छन् । यस सिजन अन्य टोलीले लय पक्रन नसकिरहेको बेला लेस्टरले भने मात्र ३ खेलमा पराजय बेहोरेको छ । स्पर्ससँगै आर्सनल, म्यान्चेस्टर सिटी, युनाइटेड, चेल्सी कोहीले पनि लेस्टरको तुलनामा लय पक्रन सकेनन् । आइतबार युनाइेटसँग १–१ को बराबरीमा रोकिएपछि टोटनहमले बाँकी ३ खेल जित्न आवश्यक थियो । तर, सोमबार २–० को अग्रता गुमाउँदै चेल्सीसँग बराबरीमा रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण