नक्कली पेस्तोल बोक्ने तीन युवा पक्राउ
काठमाडौँ – महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकको नक्कली पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका–१४ पाटन बस्ने २४ बर्षीय राजिव श्रेष्ठ, काठमाडौँ महानगरपालिका–२९ ठमेल बस्ने २२ बर्षीय उदेव मनिस खाँन र गल्कोपाखा बस्ने २१ बर्षीय आयुष श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई प्रहरीले शनिबार काठमाडौँ महानगरपालिका–१६ कुमारी क्लब चोकबाट १ थान प्लाष्टिकको पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता, आफु चढेको रिक्सा चालकको हत्या गरेको अभियोगमा मेची नगरपालिका–२ बस्ने २२ बर्षीय विवेक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले शनिबार सोही ठाउँ स्थित चिया बगान कच्ची सडक छेउँमा आफु चढेको दुवागढी गाविसमा दर्ता भएको ७६ नम्बरको रिक्सा चालक हाल नाम,थर,वतन नखुलेको अंदाजी ३६ बर्षीय पुरुष व्यक्तिलाई सामान्य विवाद हुँदा ढुङ्गाले टाँउकोमा प्रहार गरी धारिलो बस्तु (ब्लेड) ले घाँटी रेटी हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण