वीरगन्जमा ट्राफिक सप्ताह कार्यक्रम शुरु
वीरगन्ज -विश्व रेडक्रस दिवसको अवसरमा वीरगन्जमा आज देखि ट्राफिक सप्ताह कार्यक्रम शुरु भएको छ ।नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा सन्चालन गरेको ट्राफिक सप्ताह कार्यक्रमको पहिलो दिन आज जनचेतनामुलक बृहत रयाली निकालिएको छ । घण्टाघर चोकबाट आज बिहान निस्किएको ¥याली माईस्थान, आदर्शनगर, मकालु चोक, घडिअर्वा, गितामन्दिर रोड हुँदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।
¥याली पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले नगर क्षेत्रको ट्राफिकलाई व्यवस्थित बनाईनुपर्ने बताउनुभयो ।उहाँले ट्राफिक अव्यवस्थित भएका कारण सवारी दुर्घटना भएर मानिसहरुको ज्यान जाने तथा अङ्गभङ्ग हुनसक्ने भएकाले ट्राफिक व्यवस्था चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी घिमिरेले ट्राफिक सप्ताहमा आयोजित ¥यालीमा सहभागी विद्यार्थीहरुले पनि ट्राफिक व्यवस्थापनको बारेमा जानकारी पाएको भन्दै भोलिका दिनमा विद्यार्थीहरुले ट्राफिक नियम उलंघन नगर्ने विश्वास व्यक्त गनुभयो । नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति फुलमहम्मद मियाँको अध्यक्षतामा सम्पन्न कोणसभामा प्रहरी वरिष्ठ उपरिक्षक नारायण सिंह ख्डका , प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ , सशस्त्र प्रहरी उपरिक्षक भीम बहादुर थापा , नेपाली सेनाका कर्णेल नारायण थापा , ट्राफिक प्रहरी निरिक्षक खेम प्रसाद आचार्य , नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा , वीरगन्ज उपमहानगरपालिका कार्यालयका योजना अधिकृत प्रकाशमान अमात्य, नेपाल रेडत्रस सोसाइटीका उदयराज शर्मा , सलाउदीन अहमद लगायतकाले सम्बोधन गरेका थिए । ¥यालीमा वीरगन्जका विभिन्न सामुदायिक तथा नीजी विद्यालयका विधार्थी , शिक्षक , नेपाल प्रहरी , सशस्त्र प्रहरी , सामुदायीक प्रहरी सेवा केन्द्र मिना बजार , कुम्हाल टोल ,मूर्ली , वीरगन्ज जेसीस , टाँगा व्यवसायी संघ , टयाम्पो चालक संघ , इरिक्सा व्यवसायी संघ , वीरगन्जका सन्चारकर्मी लगायतको सहभागीता रहेको थियो । आज देखि शुरु भएको ट्राफिक सप्ताह कार्यक्रम जेठ १ गते सम्म चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक खेम प्रसाद आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण