शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकारको नीति तथा कार्यक्रमबारे बाबुरामको प्रतिक्रिया

आइतबार, २६ वैशाख २०७३, १८ : ४८
आइतबार, २६ वैशाख २०७३

काठमाडौं, बैशाख २६– राष्ट्रपति विद्यादेबी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मिश्रित प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत नीति तथा कार्यक्रम परम्पराकै निरन्तरता भएपनि द्रुतमार्ग निर्माण, प्राविधिक उच्च शिक्षा अध्ययनमा दिइने भनिएको ऋण लगायतका कार्यक्रम सकारात्म भएको टिप्पणी गरेका छन् ।

ट्वीटरमा उनले भनेका छन्, ‘नीति–कार्यक्रम परम्पराकै निरन्तरतामा छ । बजेटले ठोस् गर्ला । द्रूतमार्ग निर्माण आफ्नै खर्चमा,प्राविधिक उच्च अध्ययनलाई ऋण आदि सकारात्मक छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप