बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेड नम्बर ३६ : डबल क्यान्सर भोगेकी दुःखी महिला

सोमबार, २७ वैशाख २०७३, १२ : १३
सोमबार, २७ वैशाख २०७३
काठमाडौं– शनिबार दिउँसो दुई बजेतिर, रिर्पोटिङका लागि वीर अस्पताल पुगेँ । सिधै ओपिडी वार्डभित्र छिरेँ । वार्ड पुग्दा ठूलो कोठामा करिव १० जना बिरामीरि आँखा पुगे । एकछिन ढोकैमा उभिएर पालैपालो सबै बिरामीतिर आँखा डुलाएँ । कुन बेडको बिरामीतर्फ पाइला अघि सारौँ, एकछिन अलमल्ल परेँ । वार्डको कुनातिर एक जना बुढा बिरामीतर्फ टोलाइरहेकी थिएँ । अचानक बच्चा रोएको आवाज आयो, म झस्किएँ । ढोकैनिरको बेडमा देखेँ पल्टिेकी थिइन आमा र उनको कुर्ताको छेउ समातेर रोइरहेकी थिइन बच्ची । मेरो ध्यान खिचियो ती बच्ची र आमातर्फ ।

बेड नम्बर ३६ थियो । तिनै बिरामीतर्फ गएँ । विरामी महिला सामान्यभन्दा दुब्ली–पातली देखिन्थिइन् । खुट्टा भने सुन्निएर मोटा–मोटा देखिन्थे । नाकमा सलाइन पाइप घुसारिएको थियो । बिरामीले ट्वाल्ल परेर हेरिरहेको थिइन । उनलाई कुरा गर्न असहज जस्तो लाग्यो । नजिकै अर्को बिरामीको केयर गरिरहेकी नर्सलाई सोधेँ, ‘ बिरामीसँग बोल्न मिल्छ ?’ नर्सको जवाफ नआउँदै विरामी महिला नै बोलिन्, बोल्न सक्छु । भन्नुस्, के छ ?’ नजिकै उभिएका पुरुषलाई बच्चा समात्न लगाइन् । ती पुरुष उनका श्रीमान् रहेछन् । शालीनता पूर्वम सोधेँ, ‘दिदि, के भएको हो तपाइँलाई ?’ जवाफ फर्काउनुको साटो उनी भक्कानिएर रुन थालिन । आसुका धारा बगाइहालिन् । ढाड्स दिन तिनको पाखुरा समात्न खोजेँ । पाखुरा आधी मुठ्ठीका पनि थिएनन् । पहिले ६० केजीकी थिइन् रे बिरामी भएर अहिले ३० केजीमा झरेकी रहिछिन् । उनी ३५ वर्षकी भइन् । नाम सोधँे । आँशु पुछ्दै भनिन्, ‘नरकुमारी रोकाय ।’ घर ओखलढुंगा–केराबारी । विस्तारै अर्को प्रश्न सोधेँ, ‘के भएको हो ? हरेश खाएर बसेको जस्तो गरि भनिन्, ‘अव के हुन वाँकी छ र ?सवै भयोे ।’ सुनाइन, ‘पाँचवर्ष भो थला परेको ।’

अहिले नरकुमारीको जीवन सलाइन् पानीको भरमा अड्किएको छ । पन्ध्रदिन देखि उनको मुखमा न एक थोपा पानी परेको छ, न एक टुक्रा रोटी । क्यान्ससरको कारण उनको आन्द्राको मुख टालिएको परीक्षणबाट थाहा लागेको छ ।

क्रमश आफ्नो दुःखका पोका खोल्न थालिन नरकुमारीले । शुरुमै उनी गरिव परिवारमा जन्मिइन् । बिहान–बेलुकाको छाक टार्न पनि धौ–धौ थियो घरमा । उनले स्कुल जाने मौका पाइनन् । २० बर्ष नपुग्दै विवाह भयो । विवाह गरेर जुन घरमा भित्रिएकी थिइन, त्यहँ पनि आर्थिक अबस्था त्यति राम्रो थिएन । श्रीमान्ले पढेका थिएनन् । सम्पतीको नाममा खरले छाएको सानो छाप्रो र स साना दुइवटा गरा थिए । घरतर्फको कुरा सुनाइन्, ‘ती गराबाट उब्जेको अन्नले बर्षमा तीन महिना पनि खान पुग्दैन, अरुका मेलापात गरेर ल्याउँछौँ त्यसैले पुर्याएर खान्छौँ ।’ विवाह गरेको ३ वर्षपछि उनी गर्भवती भइन् । बच्चा पेटमा आउने वित्तिकै उनी बिरामी पर्न थालिन् । एक्कासी बेस्सरी पेट सुन्नियो । खाएको पेटमा अड्डिने भएन । दिनहुँ झाडा पखला लाग्ने हुन थाल्यो । खानपिन, हिँडडुल, कामकाज केहि गर्न नसक्ने अवस्थामा पुगिन् नरकुमारी । उनको यति कुरा सुनेपछि औषधीमुलो क कसो भएको रहेछ भनेर जान्न खोजेँ । जतिबेला गर्भवती थिइन, त्यसबेला उपचार भएन ? उनले गाँउका दुःख सुनाइन्, ‘गाउँघरमा गर्भवती हुँदा सवैजासे सामान्य बिरामी हुन्थे,मलाई पनि उहि भएको होला भनेँ । अस्पताल गइनँ ।’ उपचार त ध्यानै नदिएकी नरकुमारीले बिरामी अवस्थामै बच्चा जन्माइन् । उनको पीडा कम भएन । बरु, बढ्न थाल्यो । बल्ल काखमा बच्चा च्यापेर उनी उपचार गर्न काठमाडौं हिडिन् । टिचिङ अस्पतालमा उपचार गराइन् । परीक्षण गर्दा थाहा भयो उनलाई क्षयरोग लागेको रहेछ । ६ महिना औषधी सेवन गरिन् । अलिकती उज्यालिइन । ती दिन सम्झिदै भनिन्, ‘सन्चीली भएँ्, दुब्लाएर हेर्नै नहँुने भएकी थिएँ, औषधी खाएपछि त गमक्क मोटाएँ नि ।’ यति कुरा गरुन्जेल उनी थप खुल्दै गइन् । मनका कुरा खोतल्दै गइन । रोग सन्चो भएपछि उनी पहिले झैँ राम्री देखिइन् । घरधन्दा, परिवारको रेखदेख र मेलापातका समेत काम गर्न सक्ने भइन् । तर,औषधी खान छोडेको एक बर्ष नबित्दै उनको व्यथा बल्झिन थाल्यो । महिनौं दिनसम्म पेटमा केहि अडिएन । न एक थोपा पानी न एक गेडो अन्न । फेरि ओछ्यान परिन् ।

जसोतसो जीवन अघि बढाइरहेकी थिइन् । ०७२ वैशाख १२ गते भूकम्प गयो । भूकम्पले नरकुमारीको घर पहिलो धक्कामै काठका टुक्रा र माटाको धुलोमा परिणत गरिदियो । परिवारको ज्यान त जोगिया,े टाउको लुकाउने छानो भएन । थोत्रा बोराले बारेर उनीहरुले बास बस्ने थलो बनाएर, त्यहीँ बस्न थाले ।

विरामी बल्झेको कुरा गर्दा उनी फेरि भक्कानिन्, ‘साँझ बिहानको छाक टार्न त धौ–धौ थियो । उपचार गर्ने खर्च थिएन । त्यत्तीकै बसेँ ।’ तै पनि श्रीमान्ले जसोतसो ऋण गरेर पैसाको व्यवस्था गरे । उपचारका लागि तुरुन्तै काठमाडौ आए । कालीमाटीस्थित क्षयरोग अस्पताल आइन् । उनको रोग झनै बल्झिएको रहेछ । डाक्टरले थप एक वर्षका लागि औषधी लेखिदिए । झोलाभरि औषधी र मनभरी आशा बोकेर उनी गाउँ फर्किइन । एक चक्की पनि नबिराइ औषधी खान थालिन् । उनी फेरी तग्रिँदै गइन् । परिवार र काम सम्हाल्न सक्नेसम्म भइन् । यसैवीच उनले दोस्रो सन्तान पनि जन्माइन् । यो ०७० सालको कुरा हो । छोरीले दुध चुसुन्जेल उनको स्वास्थ्य ठीक थियो । अलिकती मुस्कुराइन्, ‘अब मेरो कहिल्यै रोग बल्झिदैन् भनेर म खुशी भएँ ।’ जसोतसो जीवन अघि बढाइरहेकी थिइन् । ०७२ वैशाख १२ गते भूकम्प गयो । भूकम्पले नरकुमारीको घर पहिलो धक्कामै काठका टुक्रा र माटाको धुलोमा परिणत गरिदियो । परिवारको ज्यान त जोगिया,े टाउको लुकाउने छानो भएन । थोत्रा बोराले बारेर उनीहरुले बास बस्ने थलो बनाएर, त्यहीँ बस्न थाले । अहिले नरकुमारीको माइतीमा कोहि छैनन् । आमाबुवाले संसार त्यागेर गइसके । दाइभाउजु दुबईमा बस्छन् । उनीहरु सम्पर्कमा छैनन् । भुकम्पले छाप्रो ढालिदिएपछि नरकुमारीलाई दिनरात पिरलो हुन थाल्यो । हातमुख जोर्न उस्तै मुस्किल । ६ वर्षकी जेठी छोरीलाई गाउँकै सरकारी स्कुलमा हालेकी थिइन् । कापी कलम किन्ने पैसा हुँदैनथ्यो । कापी नभएको दिन उनकी छोरी स्कुल जान मान्दिनन् । ‘म थला पर्न थालेदेखि यसको स्कुल पनि छुट्यो । मैले जस्तै दुख पाउँछे भनेर पिर लागेको छ ।’ छोरीतर्फ मुन्टो तन्काउँदै उनले भनिन् । दिनरातको पिरलोले नरकुमारीलाई झन्–झन् गाँज्दै लान थाल्यो । सुकेर ज्यान पनि मुरली झै बन्दै गयो । पुरानो व्यथाले समात्दै लैजान थाल्यो । उनी फेरी उसैगरी थला परिन । खाने, बोल्ने, हिँड्ने सबै काम बन्द हुन थाल्यो । बेस्सरी नै थला परिन् । नरकुमारीका श्रीमानले पैसाको जोहो गर्न सकेनन् । उनी व्यथा सहेरै ओछ्यानमा लडेर बस्न बाध्य भइन् । दुई महिना कोशिष गर्दा गाउँमा ऋण पाइयो । नरकुमारीको घरमा सत्तरी वर्षकी बुढी सासु मात्र छिन् । आफैलाई सम्हाल्न सक्दिनन् । बालबच्चा हेरिदिने कोहि नभएपछि काखमा सानी छोरी र ठुली छोरीलाई डोर्याउँदै नरकुमारी श्रीमानसँग उपचार गर्न काठमाडौं आइन् । उनी तुरुन्तै टिचिङ अस्पतालमा भर्ना भइन् । टिचिङमा उनको उपचार हुन सकेन । ‘अवस्था गम्भरी छ’ भन्दै डाक्टरले उनलाई सक्दो चाँडो उपचार गर्न सुझाव दिए । क्षयरोग अस्पतालमा रिफर गरिदिए । हतारिएर उनी कालीमाटीको क्षयरोग अस्पताल गए । सबै रोग परीक्षण भयो । डाक्टरले ‘क्षयरोग बल्झिएको छैन । अवस्था ठीक छैन । यहाँ उपचार हुन सक्दैन । सक्दो चाँडो ठूलो अस्पतालमा उपचार गराउनुस्’ भने । त्यहाँबाट पनि उनलाई पठाइयो । के भएको होला ? अस्पताल बाहिर निस्किएर नरकुमारी रोइन । जसोतसो श्रीमान्ले सम्झाए । एकातिर काठमाडौंमा बस्ने ठाँउमा समस्या थियो । अर्कातिर ठूलो अस्पतालमा उपचार गर्ने खर्च थिएन । विरामी नरकुमारीमा चिन्ता मात्र थपियो । काखे बालक र आधा होस् गुमाएकी श्रीमतीको पिरलोले नरकुमारीका श्रीमान्ले केहि निर्णय लिन सकेनन् । त्यो एक दिन र एक रात उनीहरुले सडकमै बिताए । त्यो रात उनीहरुलाई न जाडोको महशुस भयो, न पेटले खानेकुरा नै माग्यो । दुई छोरीलाई काखमा च्यापेर कालिमाटीको एउटा गल्लीमा उनीहरुले रात गुजारे । हुँने खानेहरुको शहरमा ती गरिवलाई हर्ने कोही थिएन । भोलिपल्टै उपचार गर्न वीर अस्पतालतिर लागे । वीर अस्पताल आउनुको कारण नरकुमारीका श्रीमानले खुलाए, ‘गरीबका लागि ठूलो अस्पताल भनेकै वीर त हो ।’ अध्यारो अनुहार लगाएर भित्तामा अडेस लागेका नरकुमारीका श्रीमान्ले थपे । अहिले बालबच्चा सहित नरकुमारी वीर अस्पतालमा भर्ना भएकी छिन् । दुई महिनादेखि उनी अस्पतालको बेड नम्बर ३६ मा लडिरहेकी छिन् । अहिले स्वास्थ के छ ? नरकुमारी फेरि रोइन् । र भनिन्, ‘क्यान्सर भएको छ ।’ उनले आफुलाई दुई–दुई वटा क्यान्सर भएको सुनाइन । आफनो भन्दा बच्चाको चिन्ताले अहिले उनलाई सताईरहेको छ । ‘म मरे भने के हुन्छ ?, मेरो बच्चाहरुको ?’ नरकुमारीलाई आन्द्रा र कलेजोको क्यान्सर भएको छ । उपचारका लागि डाक्टरले दस लाख चाहिन्छ भनेका छन् । उपचार गर्ने खर्च नभएर उनी तीन महिनादेखि अस्पतालको बेडमा त्यसै लडिरहेकी छिन् । पैसाका कुरा हुँदै थिए । नरकुमारीका श्रीमानले खल्तीबाट पर्स निकाले र हेरे । ‘पैसाको नाममा अब दुई हजार मात्रै बाँकी छ । दस लाख कहाँबाट ल्याएर उपचार गर्नु ? मेरो त विजोग भएको छ ।’ नरकुमारीका श्रीमानले भने । गाउँबाट हिँड्दा उनले एक लाख बोकेर आएका थिए । ऋण मागेर आएको पैसा अव दुई हजार मात्र वाँकी छ । बेचेर उपचार गर्न न उनको घरबार छ, न गरगहना । लाखौँ लाख ऋण दिने आफन्त पनि छैनन् । गाउँमा सबैका अवस्था उस्तै छ । फेरि पर्स खल्तीमा राखे । निधारमा आएका पसिना पुछ्दै उनले भने, ‘न रुन सकेको छु, न हाँस्न । मर्नु न बौलाउनुको अवस्थामा छु’ । अहिले नरकुमारीको जीवन सलाइन् पानीको भरमा अड्किएको छ । पन्ध्रदिन देखि उनको मुखमा न एक थोपा पानी परेको छ, न एक टुक्रा रोटी । क्यान्ससरको कारण उनको आन्द्राको मुख टालिएको परीक्षणबाट थाहा लागेको छ । पानी खाएपनि ओकलीहाल्छिन् । डाक्टरले पनि केहि नखानु, नत्र अवस्था झन् विग्रन सक्छ भनेका छन् । बरु ‘उपचारका लागि चाँडो खर्च जुटाउनु, केहि भयो भने अस्पताल दोषी हुँदैन’ भनेका छन् । नरकुमारीको जीवन र परिवार अहिले अलपत्र परेको छ । ‘उपचार गर्न पैसा पनि छैन, कतैबाट आउने बाटो पनि छैन ।’ नरकुमारीले गरीवहरुको दशा सुनाइन्, ‘बरु भुतुक्कै मर्न पाए पनि हुन्थ्यो, दुइटी छोरी नभएका भए त मेटासिन खाएर मरिदिन्थेँ ।’ उनीसंगै टाँसिएर बसेकी छोरीले भनिन्, ‘आमा त भोक लाग्यो भन्दै रातभरि सुत्नुहुन्न, छट्पटाउनु हुन्छ ।’ डाक्टरले दैनिक दश हजारको औषधी लेखिदिएका छन् । तर, नरकुमारीससँग छोरीहरुको भोक मेटाउने पैसा पनि सकिन लाग्यो । ‘दुइटी छोरी हेरिदिने मान्छे भएका भए पनि चन्दा मागेर श्रीमतीको उपचार गर्ने पैसा जुटाउँथेँ । के गर्नु कसो गर्नु भएको छ ।’ नरकुमारीका श्रीमान्ले दुखेसो पोखे । नरकुमारीको कथा र अवस्थाले म स्तब्ध भएँ । ‘हुन्छ दिदि, म तपाइँको कथा लेख्छु ।’ विदा भएर निस्कन पाइला सार्दै थिएँ । नरकुमारीले मेरो झोला तान्दै भनिन्, ‘नानी मलाई बाँच्ने रहर छ, छोरीहरुले पढेको हेर्ने मन छ । सहयोग गर्ने मान्छे भेटिए भन्दिनुहोला ।’ नरकुमारीले आफ्नो सम्पर्क नम्वर टिपाइन, ९८४३७७३४८७ । सहयोग गर्ने मान्छे भेटिन्छ नै भनेर विश्वास दिलाउन सकिनँ । यो देशमा धेरै नरकुमारी छन् । तर, राज्य उनलाई चिन्दैन । ठूला बढाको उपचारमा करोड खर्च गर्छ, राज्य । तर, गरीवहरुको जीवनसँग खेलवाड ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप