बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यार्सा सिजन सुरु भएसँगै औषधिको खपत बढ्यो

सोमबार, २७ वैशाख २०७३, १२ : १७
सोमबार, २७ वैशाख २०७३

डोल्पा – यार्सागुम्बा संकलनको सिजनको शुरु भएसंगै डोल्पामा आधारभुत औषधिहरुको खपत बढेको छ। यार्सागुम्बा संकलनको तयारी अन्तर्गत दैनिक उपभोग्य सामाग्रीहरु संगै अनिवार्य रुपमा हिमाली पाटनमा औषधि लिनुपर्ने भएकाले सिटामोल,सिब्रो,जीवनजल,ब्रोफिन लगायतका आधारभुत औषधिहरुको खपत बढेको स्वास्थ्य चौकी त्रिपुराकोटका अ.हे.व कवि प्रसाद उपाध्यायले बताए ।

यार्सागुम्बा सिजनको शुरुभएसंगै जिल्लाका सरकारी अस्पताल तथा निजि क्लिनिकहरुमा समेत औषधि लिनेहरुको भिडभाड हुने गरेको उपाध्यायले बताए ।

बैशाखदेखि असार महिनाको अन्तिम सम्म तुलनात्मक रुपमा औषधिको बिक्रि वितरण धेरै रहेको उनले बताए । यस समयमा यार्सापाटनमा जाने हजारौँ संकलहरु मध्ये हिमाल चढ्दा अधिकासंलाई अक्सिजनको कमीले स्वास प्रस्वासमा समस्या,पखाला,टाउको दुखाईजस्ता समस्याहुने पर्नेभएकाले पाटनमै प्राथामिक उपचारकोलागि औषधिहरु पाटनलगिने स्थानिय कालुप्रसाद हमालले बताए । यार्सागुम्बा पाटनमा औषधिको अभावमा सामान्य औषधि नपाएरै ज्यान गुमाउनुपर्ने अवस्थाहुने भएकाले यार्सा संकलन गर्नजाने सर्बसाधारणहरुले पुर्वतयारीको रुपमा औषधिको अनिवार्य जोहो गर्ने गरेको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप