नेताहरुलाई उपेन्द्रले किन पठाए राजेन्द्र महतोको निवास ?
काठमाडौ – मधेसी मोर्चामा विवाद चुलिएसँगै सम्बन्ध सुधार गर्ने अभिप्रायले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका नेताहरुलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महता निवास पठाएको खुल्न आएको छ ।
संघीय गठबन्धनको संयोजक भएसँगै एक्लिदै गएपछि महतोलाई मनाउनका लागि यादवले आफ्ना नेतालाई सिनामगंलस्थित उनकै घरमा पठाएका हुन् । शनिवार महतो निवासमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राय यादव, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र लालबाबु राउतलाई यादवले पठाएका हुन् ।
मधेशी मोर्चाका अन्य नेताहरुसँग सल्लाहै नगरिकन उपेन्द्र यादव गठबन्धनको संयोजक बनेपछि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ समेत रुष्ट छन् । सोहि कारण ठाकुरले आफ्ना पार्टीका नेतालाई गठबन्धनको बैठकमा जानबाट रोक लगाएका छन् । गठबन्धनको बैठकमा तमलोपा जान छाडेपछि महतो अध्यक्ष रहेको सद्भावना पार्टी पनि जान छाडिसकेको छ । मधेश आन्दोलन चलिरहँदा राजेन्द्र महतो र उपेन्द्र यादवबीच टक्कर थियो । यहाँसम्म कि राजेन्द्र महतोलाई कारवाही गर्नुपर्ने भन्दै यादवले सक्रियतानै बढाएका थिए । त्यो बेला महन्थ ठाकुरले यादवलाई साथ दिँदै आएका थिए । तर, अहिले आएर राजेन्द्र महतो र महन्थ ठाकुर दुवैजनाले साथ छाडेपछि उपेन्द्र यादव एक्लिएका छन् । राजेन्द्र महतो र महन्थ ठाकुर पछाडि हटेपछि जेठ दुई गते हुने कार्यक्रम पनि प्रभावित हुने डरले महतोलाई मनाउने प्रयासस्वरुप यादवले नेताहरु पठाएको एक नेताले जानकारी दिए । जेठ दुई गते गठबन्धनले सिहदरवार घेराउ गर्ने कार्यक्रम राखेको छ ।
सद्भावना पार्टी स्रोतका अनुसार भेटमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठले दुई गतेको कार्यक्रम सफल पार्न आग्रह गरेका थिए । ‘मधेशी आदिवासी जनजातिका लागि जेठ दुई गते प्रतिष्ठाको विषय हो, त्यो दिन असफल भयौं भने फेरि उठ्न गाह्रो हुने भएकाले एक भएर कार्यक्रम सफल पारौ’भनि आग्रह गरेको स्रोतको दावी छ । तर फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले भेट भएको कुरा स्वीकार गर्दै त्यहाँ कुनै पनि राजनीतिक कुराकानी नभएको प्रतिकृया दिए । ‘राजेन्द्र महतोको हातको औला र काँधमा समस्या रहेको छ, त्यसकै बारेमा जानकारी हामी गएका थियौं’, उनले भने । श्रेष्ठले यतिसम्म भने कि महतोको स्वास्थ्यमा सुधार हुँदैछ । महतोको स्वास्थ्यको बारेमा परिवारिक स्रोतसँग सम्पर्क गर्दा महतोको स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिइयो । ‘उहाँको स्वास्थ्य ठिकठाक छ, विरानगरमा प्रहरीले गरेको कुटपीटका कारण कहिले काही समान्य दुख्ने गरेको बाहेक अरु कुनै समस्या छैन’, पारिवारिक स्रोतले भन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण