बागलुङमा द्वन्द्वपीडितका ३१ उजुरी
बागलुङ - बागलुङमा हालसम्म विगतको सशस्त्र द्वन्द्वसँग सम्बन्धित ३१ वटा उजुरी परेका छन् । न्याय पाउने आशामा द्वन्द्वपीडितले स्थानीय शान्ति समितिमा उजुरी दर्ता गरेका हुन् । जसमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित २५ र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित छवटा रहेका छन् । सत्यतथ्य छानबिन र पीडितलाई न्याय दिलाउन आयोगले स्थानीय शान्ति समितिका सचिवमार्फत् उजुरी लिन सुरु गरेका हुन् । हालसम्म दुवै आयोगमा गरी कुल ३१ वटा उजुरी परेको स्थानीय शान्ति समिति बागलुङका सचिव लक्ष्मीकुमारी शर्माले बताए । बेपत्ता आयोगमा उजुरी गर्ने अन्तिम म्याद जेठ मसान्तसम्म र सत्य निरुपण तथा मेलमिलाप आयोगमा असार २ गतेसम्म तोकिएको छ । उजुरी लिन सुरु भएको करिब महिना दिनमा आएका उजुरी अपेक्षा गरिएभन्दा कम रहेको स्थानीय शान्ति समितिले जनाएको छ । जिल्लामा द्वन्द्वबाट प्रभावित व्यक्ति र परिवारको सङ्ख्या ठूलो रहे पनि उजुरी न्यून सङ्ख्यामा परेको सचिव शर्माले बताए । दुर्गम भेगमा रहेका द्वन्द्वपीडित कहाँ जानकारी नपुगेकाले उजुरी कम परेको उनको भनाइ छ । स्थानीय शान्ति समितिले सूचना सम्प्रेषणमा अधिकतम प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेको छैन । “आयोगले सूचना प्रवाह र प्रचारका लागि कुने स्रोत उपलब्ध गराएको छैन”, सचिव गौतमले भने –“हामी सक्नेजति प्रयास गरिरहेका छौँ ।” आयोगले अन्तिम म्यादसम्म अधिकांश द्वन्द्वपीडितको उजुरी पर्ने विश्वास लिएको छ । स्थानीय शान्ति समितिमा आएका उजुरीलाई हुलाकमार्फत सम्बन्धित आयोगमा पठाउने गरिएको छ । समितिमा आउने उजुरीलाई गोपनीय रुपमा माथि पठाउने गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण