मोर्चाको आरोप : सिंहदरबार घेराउ कार्यक्रम विथोल्न वार्ताको नाटक गर्यो
काठमाडौ – सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासाग वार्ता गर्न भन्दै आइतबार पत्र पठाएपनि त्यसको कुनै औचित्य नभएको नेताहरुले टिप्पणी गरेका छन् ।
मोर्चाले आन्दोलनको कार्यक्रम अन्तर्गत आगामी जेठ २ गते सिंहदरबार घेराउ गर्न लागिरहेको सन्दर्भमा ‘सिंहदरबार घेराउ कार्यक्रम विथोल्ने षड्यन्त्र स्वरुप’ सरकारले पत्र पठाएको आरोप मोर्चामा आवद्व दलका नेताहरुले आरोप लगाएका छन् ।
आदिवासी जनजातिहरुसाग मिलेर मोर्चाले सशक्त रुपमा आन्दोलनलाई अगाडि बढाउने तयारी गरिरहेको बेला सरकारले त्यसलाई रोक्नका लागि सुनियोजित रुपमा पत्र पठाएर वार्ताका लागि आह्वान गरेको दावी उनीहरुको छ ।
तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने, आन्दोलनलाई प्रभावित पार्ने उद्देश्यले यो पत्र आएको हो । जुन पत्रको कुनै औचित्य छैन । वार्ताको वातावरण नबनाई सिधै पत्र पठाएर वार्ता हुनसक्दैन ।’
पुरानै अवस्था र पुरानै शैलीमा वार्ता नहुने बताउादै उनले आन्दोलनको क्रममा समातिएकालाई रिहा, मुद्दा खरेज, मृतकलाई सहिद घोषणा, घाइतेलाई निशुल्क उपचार नभएसम्म वार्तामा बस्नुको कुनै औचित्य नरहेको बताए ।
तराई मधेश सद्भावन पार्टीका महासचिव जितेन्द्र सोनलले वार्ताका लागि पत्र पठाउनु सकारात्मक भएपनि त्यसले वार्ताको औचित्य पुष्टि नहुने बताए । ‘पत्र पठाएर सरकार वार्ताप्रति कति इमान्दार छ, त्यसमा भर पर्ने कुरा हो,’ उनले भने, ‘यदि आन्दोलनलाई रोक्न र आन्दोलनकारीलाई इगेंज गराउन यो पत्र आएको हो भने वार्ता सम्भव छैन ।’
उनले पत्रको बारेमा मधेशी मोर्चाले आधिकारीक निर्णय गर्ने बताए । तर, जेठ २ अघि वार्ता हुने सम्भावना नरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण