बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रभु मनि ट्रान्सफर र नेपाल सेवा लघुवित्त वित्तिय सस्थाबीच रेमिटेन्स सम्झौता

सोमबार, २७ वैशाख २०७३, १४ : ०७
सोमबार, २७ वैशाख २०७३

काठमाडौं–प्रभु मनि ट्रान्सफर प्रा.लि. र नेपाल सेवा लघुवित्त वित्तिय सस्थाबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायव महा प्रवन्धक रामेश्वर सापकोटा तथा नेपाल सेवा लघुवित्तका तर्फवाट निमित्त कार्यकारी प्रमुख सुविन काजी श्रेष्ठले संझौतामा हस्ताक्षर गरे । सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा कारोवार स्विकृत पाएको नेपाल सेवाको हाल ६ वटा शाखाहरुवाट कारोवार सुरु गरिने भएको छ । सिन्धुपाल्चोकको फटकसिलामा प्रधान कार्यालय रहेको वैंकको फटकसिला, ग्याल्थुम, इर्खु, जलविरे तथा नुवाकोटको ढिकुरे र रसुवाको वेत्रावतिका वासिन्दाहरुले प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सुविधा पाउन सक्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप