नेपाललाई सहयोग : चीनले उछिन्यो भारतलाई
काठमाडौं – नेपाललाई अनुदान सहयोग गर्ने राष्ट्रको सूचिमा चीनले भारतलाई उछिनेको छ । नाकाबन्दी लगाएर लामो समय नेपाललाई पिडा दिएको भारत पछिल्लो समय नेपालप्रति अनुदार हुदैँ आएको छ । चीनले भारतलाई उछिनेको विषय भारतमा चासोको साथ हेर्न थालिएको छ ।
नेपालको सरकारको आधिकारीक तथ्यांकअनुसार सन् २०१४/१५ को आर्थिक वर्षमा भारतमा बिजेपीको सरकार आएपछि पहिलो वर्ष नेपाललाई दिने अनुदानमा झन्डै ५० प्रतिशतले कटौती भयो ।
अहिले चीनले नेपाललाई भारतले भन्दा बढी सहयोग गरिरहेको छ । चीनले भने यसअघि दिदैँ आएको ३७ दशमलव ९५ मिलियन डलर सहयोगलाई जारी राखेको छ । भारतले केवल नेपाललाई २२ मिलियन सहयोग गरेको छ ।
नेपाललाई सहयोग गर्ने दातृराष्टहरुको सूचिमा भारत शीर्ष ५ भित्र पनि छैन् । सबैभन्दा धेरै अनुदान सहयोग गर्ने राष्ट्रको सूचिमा पहिलो नम्बरमा बेलायत, त्यसपछि अमेरिका तथा जापान छन् । चीन चौथो नम्बरमा छ भने स्विजरल्याण्ड पाँचौ नम्बरमा ।
चीन र भारतले नेपाललाई विभिन्न छात्रवृत्ति, शैक्षिक भ्रमण तथा अन्य विभिन्न सहयोगहरु गरिरहेको पनि सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण