मोदीको शैक्षिक योग्यतामा विवाद : पार्टीले सार्वजनिक गर्यो कलेज डिग्री
नयाँ दिल्ली – भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र अरुण जेट्लीले पत्रकार सम्मेलन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका छन् । उनीहरुले मोदीले दिल्ली विश्वविद्यालयबाट बिए र गुजराज विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेको दाबी गरे ।
शाहले भने, ‘केजरीवालले राजनीतिक जीवनको स्तर घटाएका छन् । उनले विश्वमै देशको नाम बदनाम गरेका छन् । उनले माफी माग्नुपर्छ ।’
उनले प्रधानमन्त्रीको शैक्षिक योग्गताको बारेमा पत्रकार सम्मलेन नै गर्नुपरेकोमा दुःख व्यक्त गरे । उनले कसैको व्यक्तिगत जीवनमाथि प्रश्न उठाउनुभन्दा पहिले सोच्नुपर्ने धारणा राखे । ‘आरोप लगाउनुभन्दा पहिले प्रमाण जुटाउनुपर्छ,’ शाहले भने, ‘अरविन्द केजरीवालले देशसँग माफी माग्नुपर्छ ।’
नक्कली देखाएर झुक्याउने प्रयास : आप नेता
तर, आम आद्मी पार्टीका नेता आशुतोषले भने सार्वजनिक गरिएको शैक्षिक प्रमाणपत्रमा बिए र एमएको डिग्रीमा नाम फरक रहेको भन्दै ती फर्जी भएको दाबी गरे । शाह र जेट्लीको पत्रकार सम्मेलनपछि आफै पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताए ।
‘अमित शाह र अरुण जेट्ली भगवान होइनन्, उनीहरुले जुन सर्टिफिकेट देखाए पनि जनताले त्यसलाई पत्याउने,’ उनले भने, ‘नक्कल गर्नुपनि अक्कल चाहिन्छ । मेरो अगाडि मोदीको दुईव्टा डिग्री छ । जसमा नाम फरक फरक छ ।’ उनले बिएमा नरेन्द्र कुमार दामोदर दास मोदी र एमएमा नरेन्द्र दामोदर दास मोदी किन नाम राखिएको भन्दै प्रश्न गरे ।
उनले बिएको मार्कसिटमा पास भएको वर्ष सन् १९७७ तथा प्रमाणपत्रमा सन् १९७८ लेखिएको कुरा औंलाए । उनले शाह र जेट्लीले नक्कली सर्टिफिकेट देखाएको भन्दै उल्टै उनीहरुले देशसँग माफी माग्नुपर्ने माग गरे ।
नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवालले आरटिआईमा प्रधानमन्त्रीको शैक्षिक योग्यताको बारेमा जानकारी माग गरेपछि मोदीको शैक्षिक योग्यताबारे विवाद खडा भएको थियो । त्यसपछि डियु र गुजरात विश्वविद्यालयलाई मोदीको शैक्षिक योग्यता सार्वजनिक गर्न आदेश दिइएको थियो ।
जवाफमा गुजरात विश्वविद्यालयले मोदी बाहिरी क्षात्रको रुपमा एमए अध्ययन गरेको र ६२.३ प्रतिशत अंक हासिल गरेको बताएको थियो भने डियुले कुनै जानकारी दिन मानेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण