ओली सरकार कसैले भन्दैमा ढल्दैनः सरकारका प्रवक्ता
काठमाडौं– सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कसैले भनेकै भरमा नढल्ने भन्दै सरकार परिवर्तनको लागि प्रक्रियाबाट गएर अविश्वासको प्रस्ताव राख्न सक्नु पर्ने बताएका छन् । उनले अहिलेको सत्तारुढ गठबन्धन सत्ताकोलागि मात्रै नभई संविधान बुझेका दलहरुको भएको उल्लेख गर्दै सहमतिको सरकार बन्ने भए एमाले सहितको बन्ने अन्यथा एमालेलाई अलग राखेर सहमति बन्नै नसक्ने ठोकुवा गरे । सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री राईले भने,‘ राष्ट्रिय सहमतिको ढोका खुल्ला छ । सहमतिबाट काग्रेस आफै बाहिरिएको हो । अहिले मुलुककोलागि प्रतिपक्ष आवश्यक छैन । सहमतिको सरकार बन्ने भए एमालेसहितको सरकार बन्छ । एमालेलाई अलग गरेर सहमतिको सरकार बन्न सक्दैन र त्यस्तो सरकारले राष्ट्रिय समस्याको समाधान पनि गर्न सक्दैन ।’ उनले बर्तमान सरकारले नै स्थानीय निकायको निर्वाचन गराउने दावी गर्दै मंसिरमा निर्वाचन गराउने कुरा नयाँ र संविधान बाहिर नभएको स्पष्ट पारे ।
नेपाली काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रम कपोकल्पित, कर्मकाण्डी श्लोक जस्तो, अपच हुने मिठो रस जस्तो भएको भन्दै यो कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरे । सरकारले नीति तथा कार्यक्रम अरु दलहरुसँग सल्लाह नै नगरी ल्याईएको गुनासो गर्दै यो कार्यान्वयनको लागि भन्दा पनि भाषण गर्नकोलागि मात्रै ल्याएको आरोप लगाए ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बार्ता समितिका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यसअघि नै आफू मधेसमा दुई प्रदेशको पक्षमा रहेपनि आफूले त्यस्तो सहमति गर्न नसक्ने बताईसकेकोले उनीसँग बार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रधानमन्त्री, नेपाली काग्रेसका सभापति र एमाओवादी अध्यक्ष बार्तामा बसेमात्रै आफूहरुले बार्ता गर्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण