अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भएका भ्रम चिर्न सफल हुन्छ – प्रम
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले २५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भएका भ्रम चिर्न सफल हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा २५६०औँ बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको आजको बैठकमा उनले बुद्धसम्बन्धी भएका भ्रमहरुलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने–“बुद्धसम्बन्धी कताकति भ्रम छ, त्यो कम प्रचार भएर भएको हो, अन्तर्राष्ट्रिय जगत्सहितको सम्मेलनले भ्रम चिर्न मद्दत गर्छ र बुद्ध र बुद्ध दर्शन नेपालबाट सुरु भएको प्रमाणित गर्छ ।”
सिद्धार्थ गौतमले एकैपटक परिवार, दरबार र श्रीपेच छाड्नसक्नु बुद्धत्व प्राप्तबाट भएको उल्लेख गर्दै उनले भने – “असाधारण साहसिक, लोभ, मोह त्याग गर्न सक्नु ज्ञान प्राप्त नगरी सम्भव हुने थिएन ।”
प्रधानमन्त्री ओलीले बुद्धजयन्ती र अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन मनाउन सिङ्गो नेपाल उत्साहित भइरहेको र राजनीतिज्ञ, सरकारी उच्च अधिकारी, धार्मिक संस्थाहरु सबैको एक्यबद्धता रहेको बताए ।
नेपाल बुद्ध दर्शनको इतिहास थलोमात्र नभएर बुद्धका तीन सम्प्रदाय पनि नेपालबाटै सुरु भएको उनले स्पष्ट पारे ।
प्रधानमन्त्रीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी नै भएको हुनाले बुद्धजयन्ती लुम्बिनीमै मनाउने र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भने काठमाडौँमा गर्न लागेको जानकारी दिए ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएकाले नेपाल बौद्ध दर्शनको मुहान भएको पुष्टि सम्मेलनले गर्ने बताए ।
उनले गौतम बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएका भन्ने सच्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचारसमेत गरिसकेको र दक्षिण कोरियाले बुद्ध भारतमा जन्मिएको भन्ने शब्द हटाएर नेपालमा जन्मिएको कुरा उल्लेख गरेको समेत जानकारी दिए ।
बैठकमा सहभागीहरुले गौतम बुद्ध नेपाल नभई अन्य देशमा जन्मिएको भन्ने कुरा प्रचार प्रसारको कमीका कारण भएको र ऐतिहासिक सम्मेलनले बुद्धसम्बन्धी सम्पूर्ण भ्रम अन्त्य हुने विश्वास व्यक्त गरेका थिए ।
“लुम्बिनी, नेपाल – भगवान् बुुद्धको जन्मस्थल तथा दर्शनको उद्गमस्थल” भन्ने नाराका साथ आगामी जेठ ७ र ८ गते अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा तथा २५६० औँ बुद्धजयन्ती समारोह लुम्बिनीमा जेठ ८ गते मनाइने भएको हो ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको ५०१ मूल समारोह समितिको बैठकमा मूल समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सम्मेलनमा १३ देशका संस्कृति मन्त्रीहरु आउने जानकारी दिए ।
साथै, सम्मेलनका लागि १३ वटा उपसमितिहरु निर्माण गरिएको छ । सम्मेलनमा १८ विदेशी र छ नेपाली गरी २४ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण